
काठमाडाैं । नेकपा (एमाले)का सांसद ठाकुर गैरेले भ्रष्टाचार र कमिसनको समस्या कुनै एक व्यक्ति वा दलको मात्र नभई सम्पूर्ण देशको साझा रोग भएको उल्लेख गर्दै यसको अन्त्यका लागि सत्तापक्ष र प्रतिपक्ष सबैको सामूहिक प्रतिवद्धता आवश्यक रहेको बताउनुभएको छ ।
बिहीवार प्रतिनिधि सभामा सरकारको अगामी आर्थिक वर्षकको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद गैरेले भ्रष्टाचारको समस्या आरोप-प्रत्यारोप गरेर मात्र समाधान नहुने स्पष्ट पार्नुभयो । उहाँले भ्रष्टाचारमा संलग्न जुनसुकै दल र ओहोदाको व्यक्ति भएपनि उन्मुक्ति पाउन नहुने सांसद गैरेको भनाइ छ ।
उहाँले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम सकारात्मक रहेको समेत बताउनु भयो । उहाँले शिक्षा, निजामति, प्रहरीसम्बन्धी विधेयकहरू यही अधिवेशनबाट पारित गर्ने सरकारको प्रतिबद्धता स्वागतयोग्य रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नीति तथा कार्यक्रमले शिक्षा विधेयक, निजामति विधेयक, प्रहरीसँग सम्बन्धित विधेयकलगायतका विधेयकहरु यसै अधिवेशनबाट पारित गर्ने जुन प्रतिवद्धता व्यक्त गरेको छ त्यो ज्यादै सकारात्मक पक्ष हो । आज भ्रष्टाचार र कमिसनको विषयमा एकले अर्कालाई आरोप प्रत्यारोप गरेर खुशी व्यक्त गर्ने प्रवृत्ति देखापर्यो । सत्तापक्ष र प्रतिपक्षमा भएका सबैले आत्मसाथ गर्नुपर्ने कुरा के हो भने भ्रष्टाचार र कमिसन हामी सबेको साझा रोग हो । यसको अन्त्य गर्नको लागि हामी सबैको सामुहिक प्रतिवद्धताको खाँचो छ । एकले अर्कोलाई आरोपित गरेर, एकले अर्कोलाई लाञ्छित गरेर हामी मुक्त हुन सक्दैनौं । त्यसका लागि सरकारले अघि सारेका कार्यक्रमहरुलाई कार्यन्वयनमा लैजानको लागि योगदान पुर्याउनुपर्दछ । भ्रटाचार र कमिसनको कामहरुमा कसैले पनि मुक्त पाउँदैन । जुनसुकै पदको , पार्टीको र ओहोदाको मान्छे भएपनि हामी खरो रुपमा प्रश्तुत हुन जरुरी छ । यसमा सबै एक ठाउँमा आउनुपर्ने जरुरत छ ।’
सरकारले अघि सारेका नीति तथा कार्यक्रमहरुको सफल कार्यन्वयनको लागि सबैले सहयोग गर्न जरुरी रहेको उहाँको भनाइ छ । उहाँले सरकारले अघि सारेका युवालक्षित कार्यक्रमहरुको सफल कार्यन्वयन गर्नसके बढ्दो युवा पलायन रोक्न सकिने उल्लेख गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच