
नवलपरासी । जिल्ला अदालत पश्चिम नवलपरासीमा कार्यरत कम्प्युटर अपरेटर राम लखन बनिया दुई लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले बनियालाई पाल्हीनन्दन गाउँपालिका-३ स्थित बेलासपुर चोकबाट बुधबार नियन्त्रणमा लिएको हो ।
अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलकाअनुसार लागू औषध मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका एक व्यक्तिलाई छुटाउन सहजीकरण गरिदिने भन्दै बनियाले दुई लाख रुपैयाँ घुस माग गरेका थिए ।
पौडेलकाअनुसार प्राप्त सूचनाका आधारमा निगरानी गर्दै आएको आयोगको टोलीले घुस रकम लिँदै गरेको अवस्थामा बनियालाई पक्राउ गरेको हो । पक्राउ परेका बनियामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच