
काठमाडौं । मिस एण्ड मिस्टर नेसनल नेपाल २०२५’ को ग्राण्ड फिनाले सम्पन्न भएको छ । प्रतियोगितामा ६ विधामा विजेता घोषित गरिएको छ । प्रतियोगितामा दीक्षा अवस्थी मिस सुप्रा नेसनल र साइरस विश्वकर्माले मिस्टर सुप्रा नेसनलको उपाधि जित्नुभयो । मिस्टर इन्टरनेसनल सिद्धार्थ तामाङ, मिस ग्लोब रिजु भट्टराई, मिस्टर टुरिज्म क्रिशल श्रेष्ठ र मिस इन्टरकन्टिनेन्टल सुम्निमा पुरी घोषित हुनुभयो ।
मिस नेसनल नेपाल अनिशा श्रेष्ठ र मिस्टर नेसनल नेपाल प्रयाग रेग्मी बन्नुभयो । फष्ट रनरअफ सिल्भिया शर्मा र सिजल कपाली बन्दा सेकेण्ड रनरअफ युक्ता सिंह र अजहर आलम हुनुभयो । प्रत्येक विजेताहरूले दुई लाख पुरस्कारसहित उपहारहरू हात पार्नुभएको थियो । सनुर्वी इन्टरनेसनल तथा नेसनल डारेक्टर सन्तोष उपाध्यक्षले पुरस्कार प्रदान गर्नुभएको थियो ।
महिला र पुरुष मोडलहरू संयुक्त रूपमा सहभागी प्रतियोगिताको फिनालेमा टप २७ जना प्रतिस्पर्धीहरू सहभागी थिए । नोभेम्बर क्लोथिङको चौथो सिजनको ट्रु डर्मा र महिन्द्रा अग्नि समूहले सहकार्य थियो । त्यसैगरी, फिनालेमा सबटाइटल राउण्डको विजेता पनि घोषणा गरिएको छ । साइरस विश्वकर्मा र सुम्निमा पुरी उत्कृष्ट स्विमवेयर, सिजल कपाली र अनिशा श्रेष्ठले टप फोटोजेनिक, साइरस विश्वकर्मा र मनिशा पन्तले टप फिजिकको अवार्ड हात पार्नुभयो ।
त्यस्तै, टप मोडलतर्फ दीक्षा अवस्थी र क्रिशल श्रेष्ठ उत्कृष्ट हुँदा सिल्भिया शर्मा मिस इलिगेन्स, मिस्टर एलिगेन्स प्रयाग रेग्मी, मल्टिमिडिया अवार्ड रविना जिसी र सिद्धार्थ तामाङ, पब्लिक च्वाइस अवार्ड रिजु भट्टराई र अजहर आलमले जित्नुभयो । सिद्धार्थ तामाङ र सुम्निमा पुरी मिस्टर एण्ड मिस ट्यालेन्ट, मिस्टर एण्ड मिस फोटोजेनिक छेवाङ शेर्पा र सुम्निमा पुरी, मिस एन्ड मिस्टर हस्पिटालिटी वर्षा थापा र छेवाङ शेर्पा, मिस्टर एण्ड मिस स्क्रिन अवार्ड सिद्धार्थ तामाङ र दीक्षा अवस्थी, बेस्ट हेयरको अवार्ड मनिश शाह र अनु राई, वेष्ट स्माइल आयुश श्रेष्ठ र अञ्जना शेर्पाले जित्नुभयो ।
त्यसैगरी, मिस्टर एण्ड मिस कन्जिनियालिटी जीवन उप्रेती र अनिशा श्रेष्ठ, मिस एण्ड मिस्टर कम्युनिकेट युक्ता सिंह र जीवन उप्रेती, मिस्टर एण्ड मिस इन्फ्युन्जर साइरस विश्वकर्मा र जुली शाह, मिस एण्ड मिस्टर इम्पावरमेन्ट स्वेछा ढकाल र स्पन्दन राई बन्नुभयो । प्रतियोगिताको निर्णायकको रूपमा डा.सन्तोष उपाध्याय, अरुण बस्नेत, केदारप्रसाद न्यौपाने, डा.केशु खड्का, सिजल रूपाखेती, प्रीया सिग्देल रहनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच