
काठमाडौं । देशभरका सिनेमाघरमा आजदेखि दुई चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि सिनेमाघरमा आएका चलचित्र हुन् नवीन चौहानको निर्देशन रहेको चलचित्र ‘ऊनको स्वीटर’ र फुर्वा छिरिङ लामा निर्देशित चलचित्र ‘जार’ । दुवै चलचित्रको काठमाडौंमा भव्य परिमियर गरिएको छ जहाँ तारिफ बटुल्न सफल भएका थिए । वैशाख महिना सुरु भएयता नेपाली चलचित्रले आशालाग्दो व्यापार गर्न नसकिरहेको अवस्थामा आजदेखि दुई यी दुई आशातीत चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । फरक कथावस्तुमा बनेका यी दुवै चलचित्रको मंगलबार साँझदेखि देशभरका प्रायः मल्टिप्लेक्स हलहरूमा शो टाइमसहित अग्रिम टिकट बुकिङ खुल्ला गरेका थिए । दुई चलचित्रमध्ये शो संख्यामा ‘ऊनको स्वीटर’ अगाडि देखिएको छ । साहित्यकार इन्द्रबहादुर राईको बहुचर्चित कथा ‘जारः भएकै एउटा कथा’मा आधारित भएर बनेको चलचित्र ‘जार’को सिक्किम र सिलिगुडीपछि काठमाडौंमा प्रिमियर गरिएको थियो ।
देशभरका सिनेमाघरमा आजदेखि दुई चलचित्र प्रदर्शनमा आएका छन् । शुक्रबार प्रदर्शनअन्तर्गत आजदेखि सिनेमाघरमा आएका चलचित्र हुन् नवीन चौहानको निर्देशन रहेको चलचित्र ‘ऊनको स्वीटर’ र फुर्वा छिरिङ लामा निर्देशित चलचित्र ‘जार’ । दुवै चलचित्रको काठमाडौंमा भव्य परिमियर गरिएको छ जहाँ तारिफ बटुल्न सफल भएका थिए । वैशाख महिना सुरु भएयता नेपाली चलचित्रले आशालाग्दो व्यापार गर्न नसकिरहेको अवस्थामा आजदेखि दुई यी दुई आशातीत चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् ।
आर्टमाण्डू प्रा.लि.को व्यानरमा निर्माण भएको चलचित्र ‘ऊनको स्वीटर’ मा अभिनेता विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस र विल्सनविक्रम राई मुख्य भूमिकामा हुनुहुन्छ । उहाँहरूका साथमा अनुभवी कलाकारहरू सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, शारदा देवी सिलवाल, र भावना खपांगी मगरलगायतको अभिनय छ ।
संगीतमा सुजन चापागाईं र झुमा लिम्बुको निर्देशनमा बनेका ‘फूल’, ‘मखमली’, र ‘काफ्ले’ जस्ता गीतहरूले दर्शकमाझ निकै लोकप्रियता हासिल गरिरहेका छन् । सामाजिक सञ्जालमा भाइरल भइरहेको ट्रेलरले पनि चलचित्रको प्रतीक्षा उत्साहजनक बनाएको छ । निर्देशक नवीन चौहानको पहिलो फिचर चलचित्र ‘ऊनको स्वीटर’को कथा पाँचथरदेखि भारतको वेस्ट बंगालको सीमासम्म फैलिएको छ । चौहानले यसअघि ‘घुमी घुमी’, ‘देखेर तिमीलाई-तीनपाते’, ‘फूलथुंगे रानी’, ‘चन्द्रमा’ जस्ता चर्चित संगीतमूलक चलचित्र निर्देशन गरिसक्नुभएको छ ।
चलचित्रको छायांकन पूर्वी नेपालको पाँचथर र भारतको सीमा क्षेत्र फालेलुङमा गरिएको हो । यो चलचित्रले सांस्कृतिक विविधता, सामाजिक अन्तर्विरोध, र नेपाली समाजको जीवन्त रंगहरूलाई एउटै कथामा समेट्ने प्रयास गरेको निर्देशक चौहानले बताउनुभएको छ । चलचित्रलाई सेन्सर बोर्डले युनिभर्सल प्रमाणपत्र प्रदान गरेको छ ।
यस्तै, चलचित्र ‘जार’ २२५ वर्षअगाडिको कथामा आधारित रहेर बनेको चलचित्र हो । ‘जार’ साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित चलचित्र हो । फेरि टेल पिक्चर्सले निर्माण गरेको ‘जार’ सामाजिक विषयमा बने पनि कम्प्लिट प्याकेज भएको निर्देशक फुर्वाको दाबी छ । त्यसैले ‘जार’ले दर्शकको मन जित्नेमा उहाँ ढुक्क देखिनुहुन्छ ।
चलचित्र ‘जार’मा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जलि थापालगायत कलाकारको मुख्य भूमिका छ । होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको चलचित्रको छायांकन सिक्किममा गरिएको हो ।
चलचित्र ‘जार’को कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योति क्षेत्री र पेमा रिन्जिङ लेप्चा रहनुभएको छ । सरवानन इलावार्सुको छायांकन रहेको चलचित्रमा अखिलेश राईको सम्पादन छ । सिनेमामा झुमा लिम्बु र गंगा थापाको संगीत छ ।
चलचित्र ‘जार’ नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउने निर्माण टिमले बताएको छ । यो सिनेमा प्रदर्शनका लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच