
काठमाडौं । बिलिनियर बिल गेट्सले सन् २०४५ सम्ममा आफूले कमाएको ९९ प्रतिशत दान गरेर सक्ने घोषणा गर्नुभएको छ । सन् २०४५ सम्ममा आफ्नो परोपकारी फाउन्डेशनमार्फत २०० अर्ब डलर दान गर्ने घोषणा गर्नुभएको हो ।
उहाँले ब्लगमा मृत्यु पछिको कुरामा ध्यान दिनु भन्दा जिउँदो भएको समयमा नै धेरै गर्न चाहेको बताउनुभएको छ ।
६९ वर्षीय गेटले अहिले नै स्वास्थ्य क्षेत्र र विकासका लागि आफ्नो फाउन्डेसनमार्फत एक अर्ब अमेरिकी डलर खर्च गरिसक्न्ुभएको छ । अब उनले थप २ अर्ब अमेरिकी डलर खर्च गर्ने अनुमान गरिएको छ। गेट्सले सन् १८८९ मा आन्द्रेयु कार्नेगाइइले लेखेको द गेस्पेल अफ वेल्थ प्रेरणाको श्रोत भएको बताउँनुहुन्छ । समुदायमा लागि धनी व्यक्तिको जिम्मेवारी सो पुस्तकमा लेख्नुभएको छ ।
सन् २०४५ को डिसेम्बर ३१ मा फाउन्डेशन बन्द गर्ने बताउनुभएको छ । यो रकमले पोलियो, मलेरिया जस्ता रोग उन्मूलन, महिला र बालबालिकाको रोक्न सकिने मृत्यु अन्त्य र विश्वव्यापी गरिबी न्यूनीकरणमा सहयोग पुग्ने उहाँको विश्वास छ।
ब्लुमवर्गको डेटा अनुसार गेट्स संसारका पाँचौँ धनी व्यक्ति हुन्। पाउल एलनसँग मिलेर गेटले सन् १९७५ मा सञ्चालन गरेको माइक्रोसफ्टले नै कम्प्युटरको संसारमा पकड जमाएको हो। सन् २००० मा प्रमुख कार्यकारी पद त्यागेका उनले २०१४ मा अध्यक्ष पद पनि छाडिसक्नुभएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच