
काठमाडौं । राजावादीहरुले काठमाडौंमा मोटरसाइकल र्याली निकालेका छन् ।
र्यालीका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका प्रकाशचन्द्र लोहनी लगायत सहभागी हुनुभएको थियो ।
हिजो राजसंस्था पुनर्स्थापना र सनातन हिन्दू धर्मका लागि भन्दै जनआन्दोलन घोषणा भएको थियो ।
विहीबार पत्रकार सम्मेलन गर्दै राजावादीहरुले जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने घोषणा गरेका हुन् ।
राजसंस्था पुनर्स्थापनाका लागि गठित समितिका संयोजक नवराज सुवेदीले बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलन गर्दै जनआन्दोलन घोषणा गर्नुभएको हो।
सो सम्मेलनमा राप्रपा अध्यक्ष राजेन्द्र श्रेष्ठ, राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि सहभागी हुनुहुन्थ्यो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच