
काठमाडौं । नवौं प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुरुष भलिबल लिग आउँदो जेठ ८ देखि पोखरामा सुरु हुनेभएको छ । नेपाल भलिबल संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जेठ ८ देखि १५ सम्म पोखरामा लिग हुने जानकारी गराएको हो । पोखराको बहुउद्देश्यीय कभर्डहलमा आयोजना प्रतियोगितामा पुरुष तथा महिला दुवैतर्फ विभिन्न टिमहरूको सहभागिता रहनेछ । पुरुषतर्फ हेल्प नेपाल स्पोट्र्स, एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र मणिमुकुन्द क्लब सहभागी हुनेछन् ।
महिलातर्फ नेपाल प्रहरी क्लब, एपिएफ क्लब, न्यू डायमण्ड युथ स्पोट्र्स क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट क्लब बुटवल र कर्णाली प्रदेश टिमको सहभागिता रहनेछ । प्रतियोगितामा प्रत्येक टिमले तीनजना विदेशी खेलाडी समावेश गर्न पाउनेछन् । महिला तथा पुरुष दुवैतर्फका विजेता टिमलाई आठ लाख, उपविजेतालाई चार लाख र तेस्रोलाई ६ लाख रुपैयाँ पुरस्कार दिइनेछ ।
त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । पोखरा उपत्यका बाहिरबाट सहभागी हुने टिमहरूलाई खेल अवधिभरप्रति खेलाडी १२ सय रुपैयाँ दरले रकम उपलब्ध गराइने छ । प्रतियोगिता सम्पन्न गर्न झण्डै ९० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ, जसमा पुरस्कार रकम मात्रै ३२ लाख रुपैयाँ रहनेछ ।
यस प्रतियोगिताको विजेता टोली काभा भलिबल च्याम्पियनसिपमा सहभागी हुनेछन् । महिलातर्फको काभा नेपालमै हुँदैछ भने पुरुषको माल्दिभ्समा हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच