काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपाल र खेल हङ्कङबीचको पहिलो खेल रद्द भएको छ । थाइल्याण्डको एशियन टेक्नोलोजी मैदानमा शुक्रबार बिहान हुने भनिएको नेपाल र हङ्कङबीचको खेल राति परेको पानीको कारण मैदान भिजेपछि टस नै हुन नसकी रद्द भएको थियो । यस खेलमा नेपाल र हङकङले अंक बाँडेका छन् । शुक्रबार नै भएको समूह ‘ए’ को खेलमा आयोजक थाइल्याण्डले कुवेतलाई १० विकेटले हरायो ।
एशिया छनोटमा नेपालसँगै आयोजक थाइल्यान्ड, भुटान, कुवेत, कतार, मलेसिया, हङ्कङ, बहराइन र यूएईको सहभागिता छ । नेपाल बहराइन र हङ्कङसँगै समूह ‘सी’मा छ । समूह ‘ए’मा भुटान, कुवेत र थाइल्याण्ड रहँदा समूह ‘बी’मा मलेसिया, कतार र यूएई छन् ।
हरेक समूहका टोलीले एकआपसमा दुईपटक खेले पश्चात् समूहको शीर्ष टोलीले सुपर थ्रीमा स्थान बनाउनेछ । सुपर थ्रीमा शीर्ष दुईमा रहने टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छ । नेपालले आज (शनिबार) बहराइनसँग खेल्नेछ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
विष्णुपुराण संक्षिप्त चर्चा
हात्ती आयो हात्ती आयो फुस्सा
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन
साहित्य परिषद् भूटानको अध्यक्षमा खेम
सीपमूलक शिक्षामा जोड दिँदै काठमाडौं