
काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपाल र खेल हङ्कङबीचको पहिलो खेल रद्द भएको छ । थाइल्याण्डको एशियन टेक्नोलोजी मैदानमा शुक्रबार बिहान हुने भनिएको नेपाल र हङ्कङबीचको खेल राति परेको पानीको कारण मैदान भिजेपछि टस नै हुन नसकी रद्द भएको थियो । यस खेलमा नेपाल र हङकङले अंक बाँडेका छन् । शुक्रबार नै भएको समूह ‘ए’ को खेलमा आयोजक थाइल्याण्डले कुवेतलाई १० विकेटले हरायो ।
एशिया छनोटमा नेपालसँगै आयोजक थाइल्यान्ड, भुटान, कुवेत, कतार, मलेसिया, हङ्कङ, बहराइन र यूएईको सहभागिता छ । नेपाल बहराइन र हङ्कङसँगै समूह ‘सी’मा छ । समूह ‘ए’मा भुटान, कुवेत र थाइल्याण्ड रहँदा समूह ‘बी’मा मलेसिया, कतार र यूएई छन् ।
हरेक समूहका टोलीले एकआपसमा दुईपटक खेले पश्चात् समूहको शीर्ष टोलीले सुपर थ्रीमा स्थान बनाउनेछ । सुपर थ्रीमा शीर्ष दुईमा रहने टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छ । नेपालले आज (शनिबार) बहराइनसँग खेल्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच