सुर्खेत । कर्णाली प्रदेशमा पहिलो पटक ‘कर्णाली छोरी सम्मेलन’ आयोजना गरिएको छ । श्री ज्योति फाउन्डेसन र सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको आयोजनामा बैशाख २७ गतेदेखि २९ बैशाखसम्म यो सम्मेलन सञ्चालन हुनेछ ।
कर्णाली छोरी सम्मेलन–२०८२ बारे आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनका अध्यक्ष ज्योति कटुवालले कर्णालीमा फरक स्वरूप र प्रकृतिमा छोरी सम्मेलन गर्न लागिएको बताउनुभयो । कर्णालीका छोरी सशक्तीकरण अभियानको माध्यमबाट सचेत, सवल, सक्षम तथा आत्मनिर्भर छोरीहरूको निर्माण र विकासमा सघाउ पुर्याउनु सम्मेलनको उद्देश्य रहेको उहाँको भनाइ छ ।
अध्यक्ष कटुवालका अनुसार कर्णालीका छोरीहरूको चेतना जागृत गर्ने र सक्षम बन्न सिकाउन एक सामाजिक सन्देश प्रवाह गर्न लागिएको हो । यो सम्मेलन कर्णालीका छोरीहरू सशक्तिकरणको एक गतिशील अभियान हो । छोरीहरू आफैंमा कमजोर नभई अधिकार र अवसरबाट बन्चित हुँदा कमजोर देखिएको उहाँ बताउनुहुन्छ ।
वास्तविकतासँगै छोरीहरूलाई आफ्नो हक, अधिकारको बोध गराउन र तिनीहरूको जीवन रूपान्तरणको माध्यमबाट कर्णालीको समुज्ज्वल भविष्यको चित्र कोर्ने अभिप्रायले सम्मेलन आयोजना गरिएको उहाँको भनाइ छ । सम्मेलनमा कर्णाली प्रदेशका सम्पूर्ण ७९ वटा स्थानीय तहबाट दुई/दुई जना प्रतिनिधिहरू तथा सीमान्तकृत र लोपोन्मुख राउटे, राजी, बादी र बोटे समुदायबाट थप २/२ जना गरी करिब २०० छोरीहरूको सहभागिता रहनेछ ।
सम्मेलनमा हरेक दिन छोरीका मनका कुरा, प्रवचन तथा बहस कार्यक्रमहरू संचालन हुनेछन् । भने छोरीका मनका कुरा शीर्षकमा सहभागी छोरीहरूले आफ्ना भोगाईहरू सुनाउने छन् । यसका साथै सिर्जनशील छोरीहरूलाई उनको प्रतिभा प्रस्तुत गर्ने अवसर पनि प्रदान गरिने आयोजकले जनाएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र