
पाल्पा । पाल्पामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जना घाइते भएका छन् । यहाँका तानसेन नगरपालिका र निस्दी गाउँपालिकामा भएका छुट्टाछुट्टै घटनामा सात जना घाइते भएका हुन् ।
जिल्लाको निस्दी गाउँपालिका– ५ लामेदमार स्थित भित्री कच्ची सडक खण्डमा अरुणखोलाबाट मित्यालतर्फ आउँदै गरेको लु १ ज २६४९ नम्बरको जिप शुक्रबार साँझ ५ बजेको समयमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लका अनुसार घाइते हुनेहरुमा निस्दी गाउँपालिका– ४ झ्याल्टुङकी ३९ वर्षीया धनसरी बयम्बु, सोही ठाउँकै ३० वर्षीया पुष्पा राई, उहाँको ३ वर्षीय छोरा अभिसेक राई, ९ वर्षीय साजन राई, निस्दी गाउँपालिकाका –७ सिन्दुरेका ४० वर्षीया गुनबहादुर सोमई र कपिलबस्तु बिजयनगर गाउँपालिका –१ का ५३ वर्षीया टेकबहादुर खण्डलुक रहेका छन् । घाइते सबै जनालाई उपचारका लागि अरुणखोला नवलपरासी पठाइएको प्रहरीले जनाएको छ ।
जिपमा १६ जना सवार रहेका थिए । गाडी उकालोमा आफैँ ब्याक भई सकडबाट २० मिटर तल खोल्सामा खस्न पुगेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सडक माथिबाट ढुङ्गा खसेर लाग्दा एक घाइते भएका छन् । तानसेन नगरपालिका –८ नयाँपाटी नजिकै सिद्दार्थ राजमार्गमा बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु ४ त ९०४ नम्बरको सिमेन्ट र छड लोड गरेको ट्याक्टर सडकमा गुडिरहेको अवस्थामा अचानक सडक माथिबाट ढुङ्गा खसी ट्याक्टरमा लाग्न जाँदा ट्याक्टर चालक रैनादेबी छहरा गाउँपालिका–२ का २२ वर्षीय दान बहादुर कुमाल घाईते हुनु भएको हो । उहाँलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच