
काठमाडौं । माइकल चन्दको निर्देशन रहने चलचित्र ‘राम नाम सत्य’मा विराज भट्ट र सुशील श्रेष्ठ देखिने हुनुभएको छ । सुशीलसँग निर्माण पक्षले वुधबार कागजी सम्झौता गरेको हो ।
चलचित्रको स्क्रिप्ट सुनेपछि आफू निकै नै उत्साहित भएको सुशीलले बताउनुभयो । एक्सन, लभ स्टोरी र सस्पेन्स कथामा निर्माण हुन लागेको ‘राम नाम सत्यः पर्दापछाडिको पर्दा’मा सुशीलको रोमान्स र एक्सन हेर्न सकिने निर्माण पक्षले जनाएको छ । चलचित्रका लागि अब नायिका र केही कलाकारहरू फाइनल गर्न बाँकी रहेको निर्माण पक्षले बताएको छ ।
माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा उपेन्द्र शाही, श्वेता विमली र उत्तम गुरुङको लगानी रहनेछ । चलचित्रको कार्यकारी निर्मातामा डा. डिआर उपाध्याय, टिआर गौडेल र नरेन्द्र शाह हुनुहुन्छ । चलचित्रको छायांकन केही महिनामै गर्ने तयारी निर्माण पक्षको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच