
सूचना प्रविधिमा इञ्जिनियरिङका विद्यार्थी भए पनि कला क्षेत्रमा आफूलाई सशक्त रूपमा प्रस्तुत गर्दै आइरहनुभएको छ मिराजविक्रम सिंहले । अभिनय, निर्देशनमा आफूलाई संलग्न गराउँदै आउनुभएका मिराज यतिबेला नयाँ प्रोजेक्ट ‘राजा बस्ने देश’को तयारीमा हुनुहुन्छ । गीत लेखन र स्क्रिप्ट लेखनमा पनि उहाँ त्यत्तिकै सक्रिय रहेको पाइन्छ । उहाँले २० भन्दा बढी गीतहरूमा मोडलिङ गर्नुभएको छ । उहाँका ‘निलो साल’, ‘बाबा’, ‘काफल पाक्न लागेया’, ‘तम्रै फुलीमा’ लगायतका धेरै गीतलाई श्रोता/दर्शकले औधी मन पराएका छन् । यी गीतहरूमा उहाँले मोडलिङमात्र होइन, निर्देशन र लेखन पनि गर्नुभएको छ । तीनै क्षेत्रलाई समान रूपमा अघि बढाइरहनुभएका उहाँ अभिनयभन्दा बढी गीत लेखन र निर्देशनमा संलग्न भएको बताउनुहुन्छ । गीत संगीत बजारमा विविधता र नयाँ प्रयोगको आवश्यकता रहेको बताउनुहुने मिराजविक्रम सिंहसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंशः-
यतिबेला केमा व्यस्त हुनुहुन्छ ?
म अहिले नयाँ प्रोजेक्ट ‘राजा बस्ने देश’ को तयारीमा व्यस्त छु । आफ्ना दैनिक कर्मका साथै केही सामाजिक कार्यमा पनि आफूलाई संलग्न गराउँदै आएको छु । केही गीत र भिडियोको पनि काम भइरहेको छ ।
यो एउटा निकै महत्वपूर्ण र संवेदनशील विषय हो जसलाई धेरै गीतकारहरूले अनुभव गरेका छन् । गीतकारको भूमिकालाई प्रायः उपेक्षा गरिन्छ, विशेषगरी जब गीत हिट हुन्छ । अधिकांश समयमा गीतकारको नाम ओझेलमा पर्छ र गीतको संगीतकार, गायक वा निर्माता जस्ता मुख्य पात्रहरूलाई सबैले चिन्ने गर्दछन् । गीतकारको भूमिका र योगदानलाई ओझेलमा पार्नु ठीक होइन । एक गीतको जन्म बिना गीतकारको कागजमा लेखिएको शब्दबिना सम्भव छैन । उहाँहरूको नाम र योगदानको सम्मान पनि गर्नुपर्छ ।
यो क्षेत्रमा कसरी आउनुभयो ?
सूचना प्रविधिमा इञ्जिनियरिङ क्षेत्रको विद्यार्थी हुँ । यससँगसँगै मेरो रुचिको विषय भनेको कला क्षेत्र भएकाले यसतर्फ होमिएँ । कला क्षेत्रमा मेरो सानैदेखिको एकखालको लगाव थियो र यतातर्फ हेलिँदै गएँ । आफूलाई गीत लेखन, निर्देशन र अभिनयमा संलग्न गराउँदै आएको छु ।
आफूलाई कलाकार, निर्देशक वा गीतकार के भन्न मन पराउनुहुन्छ ?
सबै क्षेत्र मेरा रुचिका विषय हुन् । मैले तीनै क्षेत्रलाई सँगसँगै अघि बढाइरहेको छु । अभियनभन्दा अलिक बढी गीत लेखन र निर्देशनमा ध्यान दिएको छु । त्यसैले मलाई गीतकार र निर्देशक भन्न मनपर्छ ।
अहिलेको गीत संगीतको बजार कस्तो छ ?
नेपाली गीत संगीतको बजार राम्रो भएको पाउँछु म । अहिले यसको बजार विश्वव्यापी भएको छ । डिजिटल प्लेटफर्महरूको प्रयोगले गीतहरूको पहुँच बढाएको छ । अहिलेको गीत संगीत बजारमा विविधता र नयाँ प्रयोगको आवश्यकता छ ।
प्रायः गीतहरू हिट हुँदा पनि गीतकार सधैं ओझेलमा पर्छन्, कस्तो लाग्छ तपाईंलाई ?
यो एउटा निकै महत्वपूर्ण र संवेदनशील विषय हो जसलाई धेरै गीतकारहरूले अनुभव गरेका छन् । गीतकारको भूमिकालाई प्रायः उपेक्षा गरिन्छ, विशेषगरी जब गीत हिट हुन्छ । अधिकांश समयमा गीतकारको नाम ओझेलमा पर्छ र गीतको संगीतकार, गायक वा निर्माता जस्ता मुख्य पात्रहरूलाई सबैले चिन्ने गर्दछन् । गीतकारको भूमिका र योगदानलाई ओझेलमा पार्नु ठीक होइन । एक गीतको जन्म बिना गीतकारको कागजमा लेखिएको शब्दबिना सम्भव छैन । उहाँहरूको नाम र योगदानको सम्मान पनि गर्नुपर्छ ।
कस्ता गीत लेख्न बढी रुचि लाग्छ यहाँलाई ?
मैले सबै प्रकारका गीत लेखेको छु । तर पनि प्रेम र सम्बन्धको विषयमा आधारित गीतहरू लेख्न रमाइलो लाग्छ । प्रेमको संवेदनशीलता, समर्पण र विछोडका अनुभवहरूलाई शब्दमा उतार्न अत्यन्त चुनौतीपूर्ण हुन सक्छ तर जब यसमा सफलता प्राप्त हुन्छ तब यसले श्रोतालाई गहिरो प्रभाव पार्छ । प्रेमका गहिरा अर्थ र भावना व्यक्त गर्ने गीतहरू सबैको हृदयमा अट्छन् ।
यहाँले अभिनयमा आफूलाई सशक्त रूपमा प्रस्तुत गर्दै आउनुभएको छ, कलाकार हुन के कुरा चाहिन्छ ?
कलाकार बन्नका लागि प्रतिभा, मिहिनेत, समर्पण र निरन्तर अभ्यास आवश्यक छ । साथै, समाज र संस्कृतिको गहिरो बुझाइ पनि महत्वपूर्ण छ ।
समय सान्दर्भिक धेरै धेरै धन्यवाद