हेटौंडा। हेटौंडामा रहेको मकवानपुर बहुमुखी क्याम्पसले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।
स्थानीयस्तरमा दीगो विकासका लक्ष्यलाई समायोजन गर्ने, युवा विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने, दीगो विकासका लक्ष्य हासिल गर्न युवा विद्यार्थीको भूमिका बढाउने लक्ष्यसहित उक्त सम्मेलन आयोजना गरिने भएकाे हाे ।
क्याम्पस प्रशासनले पत्रकार सम्मेलन गर्दै शनिबारदेखि ३ दिन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन आयोजना गर्ने क्याम्पस प्रमुख डा. यमबहादुर सिलवालले बताउनुभयो । 'दीगो विकासका लक्ष्यको स्थानीयकरणः युवाको क्षमता विकास’ भन्ने मूल आशयसाथ सम्मेलन हुनेछ । मकवानपुर बहुमुखी क्याम्पसद्वारा विश्वविद्यालय तहको शिक्षालाई व्यवहारिक र उपयोगी बनाउने प्रयास भइरहेको उल्लेख गर्दै उहाँले देशविदेशका क्याम्पस तथा विश्वविद्यालयहरुसंगै सहकार्य भइरहेको बताउनुभयो । सम्मेलनमा देशविदेशबाट एक सय भन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । सम्मेलनमा विभिन्न प्राज्ञिक अध्ययन र अनुसन्धानको प्रस्तुति रहने छ ।
कार्यक्रममा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय अनुसन्धानकर्ताहरुको प्रस्तुति, अनुसन्धानमूलक जर्नल प्रकाशन र विचार आदानप्रदानका विविध सत्रहरु रहनेछन् । युजीसी नेपालको सहयोग, केन्द्र, प्रदेश र स्थानीय सरकार तथा स्वदेशी र विदेशी विश्वविद्यालयहरुसंगै सहकार्यमा क्याम्पसले विश्वविद्यालय बन्ने लक्ष्यसहित यात्रा अगाडि बढाइरहेको क्याम्पस प्रमुख डा. सिलवालले जानकारी दिनुभयो।
विश्वस्तरीय विकास लक्ष्यलाई युवाहरुको क्षमता अभिवृद्धि गर्नु हुनेछ । कार्यक्रमका प्रमुख उद्धेश्यमा स्थानीयस्तरमा दीगो विकास लक्ष्यहरुलाई समायोजन गर्ने प्रयास हो ।
उक्त कार्यक्रम विश्वस्तरीय दीगो विकास लक्ष्यहरुलाई स्थानीयस्तरमा मिलान गर्ने प्रयासमा केन्द्रित हुनेछ । यसका लागि विश्वविद्यालयहरु तथा उच्च शैक्षिक संस्थाहरुलाई यस लक्ष्यहरुसंगै आफ्ना कार्यक्रम समायोजन गर्न अनुसन्धानकर्ताहरुले प्रस्तुत गर्ने कार्यपत्रहरु आधार हुनेछन् ।
सम्मेलनपछि लागु हुने क्षमता निर्माण कार्यक्रमहरु विकसित गरी अन्य संघसंस्थाहरुको समेत सहयोगमा सञ्चालन गरिनेछ । स्थानीयस्तरका दीगो विकास लक्ष्यहरुलाई प्राप्त गर्ने प्रयासमा युवा विद्यार्थीको भूमिका बढाउने कार्यक्रमले युवालाई स्थानीयस्तरका विकास लक्ष्यहरुलाई हासिल गर्ने प्रयासमा महत्वपूर्ण भूमिका खेल्नेछ ।
कार्यक्रमका प्रमुख विषयमा विश्वविद्यालयहरु तथा उच्च शैक्षिक संस्थाहरुले विश्वस्तरीय दीगो विकास लक्ष्य हासिल गर्नसक्ने क्षमता प्रबल बनाउन सुझाव दिने तथा पाठ्यक्रमलाई दीगो विकास लक्ष्यउन्मुख बनाउँदै कार्यान्वयनमा लैजाने, स्थानीयस्तरका दीगो विकास लक्ष्य हासिल गर्ने प्रयासमा उक्त कार्यक्रमले स्थानीय सरकार तथा सरोकारवालाहरुलाई प्रेरित गर्ने विश्वास छ ।
कार्यक्रमका प्रमुख विशेषतामा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरुको प्रस्तुतिअन्तर्गत् जापान, भारत, मलेसिया र थाइल्याण्डबाट अनुसन्धानकर्ताहरुले कार्यपत्रहरु प्रस्तुत गर्ने, देशभरबाट करिब ५७ वटा अनुसन्धान कार्यपत्र समूहगत्रुपमा प्रस्तुत हुनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच