काठमाडौं । राष्ट्रिय उपभोक्ता मञ्चले नेपाल विद्युत् प्राधिकरणले हालै जारी गरेको श्वेतपत्रले सर्वसाधारण अन्योलमा परेको जनाएको छ । नेपाल सरकारले केही समयअघि विभिन्न कारण देखाई प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतबाट हटाइनुभएका कुलमान घिसिङले प्राधिकरण २०७४/०७५ देखि चालु आर्थिक वर्षसम्ममा सञ्चित नाफा ४७ अर्ब नाफामा रहेको र हितेन्द्रदेव शाक्य प्रमुख कार्यकारी अधिकृत भई आएपछिको तथ्यांकअनुसार पाँच अर्ब २६ करोड सञ्चित घाटामा रहेको देखाएका कारणबाट आमनेपाली ठूलो भ्रममा परेका मञ्चको भनाइ छ । एउटै संस्थाको घाटानाफा एक महिनाभित्र प्रस्तुत गरेको तथ्यांकमा ठूलो फरक देखिएको अवस्थामा सरकारले सो सम्बन्धमा सत्यतथ्य विवरण तत्काल बाहिर ल्याउनुपर्ने र सम्भावित ऊर्जा संकटबाट त्राण दिलाउनुपर्ने मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले माग गर्नुभएको छ ।
नेपाली जनताले मैनबत्ती र इन्भर्टर बाल्न बिर्सिसकेको अवस्थामा ऊर्जामन्त्रीले लोडसेडिङ अवश्यंभावी छ भन्नु र नाफाघाटाको फरक तथ्यांक प्रस्तुत हुनुमा कहीं न कहीं उपभोक्ता हितविपरीतको खेल भइरहेको, विद्युत् र विद्युत् सामग्री कारोबार गर्ने व्यापारीको चलखेल र भ्रष्टाचारजन्य क्रियाकलाप हुन सक्ने भन्दै सो सम्बन्धमा सरकारले सही जवाफ आमनागरिकलाई दिनैपर्ने उहाँको भनाइ छ ।
हालै भारतको कस्मिरको पहलगाममा एक नेपालीसहित २६ जनालाई जात र धर्म सोधी-सोधी आतंककारीले हत्या गरेको घटनाप्रति मञ्चले दुःख व्यक्त गरेको छ । डरलाग्दो सोही घटनाका कारण भड्केको भारत-पाकिस्तान तनावले आमनेपाली जनताको दैनिक जीवनमा पर्न सक्ने नकारात्मक प्रभावप्रति सरकार सचेत रहँदै दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सुदृढ गर्दै नेपाली जनतालाई आश्वस्त पार्न पनि मञ्चले सरकारको ध्यानाकर्षण गराएको छ ।







टेलिभिजनमा फर्किए ‘हर्के हल्दार’
‘बाः एक योद्धा’को ‘नभन्नू कोइसित’
‘आमा’बाट आरम्भ भयो ‘ओल्ड इज
‘जलाकी’ को पहिलो गीत ‘चाँदी
तीनै प्रतिष्ठानमा कुलपतिसहित पदाधिकारी नियुक्त
राशिफल २३ साउन, मेष :