
काठमाडौं । हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बिर्तामोडमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कम्पनीका अनुसार भरपर्दो सेवा, गुणस्तरीय गाडी र देशभर फैलिएको राम्रो नेटवर्कका कारण हुण्डाई नेपाली ग्राहकबीच अत्यन्त लोकप्रिय ब्राण्ड बनिसकेको छ । उत्कृष्ट मूल्य र ग्राहक सन्तुष्टिमा सधैं ध्यान दिने हुण्डाई आजको दिनमा सबैभन्दा सफल अटो ब्राण्डमध्ये एक हो ।
नयाँ क्रेटा इलेक्ट्रिक गाडीको सुरुवातले ग्राहकलाई विद्युतीय गाडी लिने वा नलिने भन्ने दुविधाबाट बाहिर ल्याउन ठूलो सहयोग गरेको छ । धेरै मानिसलाई इभी लिँदा स्पेयर पाट्र्स पाइन्छ कि पाइँदैन, सेवा शुल्क कति महँगो हुने र लामो समयसम्म ब्राण्डको सपोर्ट रहन्छ कि रहँदैन भन्ने चिन्ता हुन्छ तर हुण्डाईले नेपालमा क्रेटा आइसको निर्माण सुरु गरिसकेको र यसको पेट्रोल गाडी र इभी दुवै मोडलमा एउटै प्लेटफर्मको प्रयोग भएकाले यस्तो समस्या नरहने कम्पनीको दाबी छ ।
सोही सन्देश देशभर फैलाउन हुण्डाईको उच्च व्यवस्थापन टोली देशभरका डिलरमा आफैं पुगिरहेको छ । सोही क्रममा कम्पनीले बिहीबार बिर्तामोडको अलायन्स मोटर्स (हुण्डाईको आधिकारिक डिलर)मा विशेष भेटघाट कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा हुण्डाईका नयाँ गाडी विशेषगरी क्रेटा इभी सार्वजनिक गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच