काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल (म्यान) बीच सम्झौता भएको छ । नेपालमा व्यवस्थापन संकायअन्तर्गत एमबिएमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सम्मान गर्ने र प्रोत्साहन दिने उद्देश्यले म्यान-सिटिजन्स एसपायरिङ म्यानेजर अवार्ड स्थापनाका लागि सहमति भएको हो । शुक्रबार म्यानको कार्यालयमा आयोजित एक कार्यक्रमबीच सहमतिपत्रमा बैंकतर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र म्यानका अध्यक्ष मोहनराज ओझाले हस्ताक्षर गर्नुभएको छ ।
उक्त पुरस्कार पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत एमबिएमा उत्कृष्टता प्रदर्शन गरेका प्रतिभाशाली विद्यार्थीलाई हरेक वर्ष प्रदान गरिनेछ भने पुरस्कारको रकम ५१ हजार रुपैयाँ हुनेछ । सिटिजन्स बैंक पुरस्कार प्रायोजक हुनेछ र वार्षिक रूपमा पुरस्कारका लागि आवश्यक रकम उपलब्ध गराउनेछ ।
बैंकका अनुसार सिटिजन्स बैंक, पूर्वाञ्चल विश्वविद्यालय र म्यानका पदाधिकारीको समिति गठन गरी उत्कृष्ट विद्यार्थीको चयन गरिनेछ र पुरस्कार हरेक वर्ष माघ महिनामा एमएएनको म्यानेजमेन्ट कन्भेन्सनका अवसरमा प्रदान गरिनेछ । बैंकको उक्त कार्यले नेपालको म्यानेजमेन्ट शिक्षा क्षेत्रमा योगदान पु¥याउने विश्वास बैंकले लिएको छ ।







ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र
काठमाडौंमा ठूलो परिमाणमा नक्कली दूध