विराटनगर । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द्र एण्ड कम्पनी प्रालिले शुक्रबारदेखि विराटनगरमा ‘बजाज ग्राण्ड एक्सचेन्ज मेला’ आयोजना गरेको छ । महावीर चोक (धरान रोड) मा आयोजित मेला जेठ १ गतेसम्म सञ्चालन हुनेछ । कम्पनीका अनुसार मेलामा ग्राहकले नागरिकताका आधारमा मात्र बजाजको बाइक किन्न सक्नेछन्, सर्भिस चार्ज, अन द स्पट फाइनान्स, थप १० हजारसम्मको अतिरिक्त भ्यालुएसन, निःशुल्क एक्सेसोरिज र ‘खुसीको मिटर’ योजनाअन्तर्गत नगद र उपहार जित्ने अवसर पाउनेछन् ।
यसपटकको एक्सचेन्ज मेलामा ग्राहकको पुरानो बाइकको उचित र उच्च मूल्यांकन गर्न काठमाडौंबाट विशेष भ्यालुएटर आएका छन् । अनुभवी भ्यालुएटरहरूले ग्राहकहरूको बाइकको न्यायोचित मूल्यांकन गरी थप १० हजार रुपैयाँसम्मको बोनस भ्यालुएसन दिनेछन् ।
यसअघि मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो प्रक्रिया, जस्तैः घरजग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आयस्रोतको सर्टिफिकेटलगायतका कागजातको आवश्यकतालाई यो योजनाले पूर्ण रूपमा हटाएको छ । किस्ताबन्दीमा किन्न चाहने ग्राहकले एक घण्टाभित्रै ऋण पास गरेर सरल फाइनान्समार्फत् यो सुविधा पाउनेछन् ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
विष्णुपुराण संक्षिप्त चर्चा
हात्ती आयो हात्ती आयो फुस्सा
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन
निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको
साहित्य परिषद् भूटानको अध्यक्षमा खेम