
काठमाडौं । एम्नेस्टी इन्टरनेसनल नेपालले चितवनको भरतपुरमा १७औँ राष्ट्रिय युथ मेला आयोजना गरेको छ । शुक्रबारबाट सुरु भएको मेला आइतबारसम्म चल्नेछ । तीन दिनसम्म चल्ने युवा मेलामा एम्नेस्टीमा आबद्ध विभिन्न युवा सञ्जाल, समूह र व्यक्तिगत सदस्यहरूलाई प्रतिनिधित्व गर्दै देशभरका सयभन्दा बढी युवाहरूले सहभागिता जनाएका छन् ।
युवा सशक्तिकरण र मानवअधिकार अभियानमा युवाहहरूको सहभागिता सुदृढ बनाउने मूल उद्देश्यअनुरूप यस वर्षको युथ मेला डिजिटल अधिकारको सवालमा केन्द्रित गरिएको छ । यसको मूल नारा ‘डिजिटल समावेशिताः आवाज, पहुँच र गोपनीयताको सुनिश्चितता’ रहेको छ ।
यस्तै, अन्तक्र्रियात्मक सत्रहरू र कार्यशालाहरूमार्फत सहभागीहरूले डिजिटल अधिकार, जलवायु न्याय, संक्रमणकालीन न्याय र एलजिबिटिआई तथा अधिकारका सवाल र मुद्दाहरूमा ज्ञान हासिल गर्दै अभियान सञ्चालनसम्बन्धी व्यावहारिक सीपहरू हासिल गर्नेछन् ।
कार्यक्रममा यसअघि आयोजना भएका १६ वटा युथ मेलाहरूलाई वृत्तचित्रमार्फत पुनरालवलोकन गर्दै एम्नेस्टी अभियानमा युवाहरूको योगदानलाई सम्मान गर्ने प्रतिबिम्बात्मक सत्र सञ्चालन गरिनेछ । अन्तिम दिन अन्तर्राष्ट्रिय ऐक्यबद्धतास्वरूप गाजामा जारी जातीय नरसंहारको अन्त्यको लागि सार्वजनिक आहृवानसहितको अभियानात्मक कार्यक्रमसहित युथ मेला समापन हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच