
जहाँसुकैको पनि सिर्जना पेशा नभएर सोख हो । सोखलाई पेशामा पुर्यायौँ भने त्यो सिर्जना नभएर व्यापार हुन्छ । व्यापार गर्नु व्यापारीको काम हो । प्रेसको काम हो । पुस्तक बिक्रेताको काम हो । लेखक आफैँ कठोरभन्दा कठोर पैसामुखी भएर उत्रियो भने उसको मानवीय अस्मितामा आँच आउँछ । साहित्य लालसा नभएर उदारता हो । आशा नभएर विश्वास हो । सङ्का नभएर सङ्कल्प हो । छुद्रता नभएर सौजन्यको उपहार हो । अर्कासँग बलजफ्ती भिक्षा माग्दै साहित्यिक संस्था खोलेर साहित्यिक उत्थानका लागि माहोल बनाउन आएका स्रष्टाकै शोषण गरी नाक ठड्याएर सान देखाउने अपराधीका सामु पिताका नाममा संस्था खोलेर आफ्नै हैसियतले, आफ्नै बुतामा रही साहित्यिक सेवामा कञ्चन विचारले समर्पित व्यक्तित्वको नाम हो विजयध्वज थापा ।
व्यवहारमा मलिन मिलनसारिता, लेखन र वाचनमा खरो स्रष्टत्व उछालको अर्को नाम हो विजजयध्वज थापा । कविता होस् वा निबन्ध, यात्रासंस्मरण होस् वा गीतिलेखन, विधाविशेषका गद्य कविता लेखनको ऊर्जा होस् वा प्रविधाअन्तर्गतका मुक्तक लेखनलाई समेत आफ्ना लेखनका पहुँचभित्र राख्ने विजयको जय नगाउने पनि कमै स्रष्टाहरू होलान् । उमेरले निकै माथिल्लो खुड्किलो उक्लिए पनि साहित्यिक लेखन र वाचनको ऊर्जाशक्ति बेजोड देखिने विजयध्वज थापाको अनुभूतिगत सीमा चाहिँ साँघुरै देखिन्छ ।
आफ्नै पिता लीलाध्वज साहित्यिक संस्कारमा आबद्ध विजयध्वज पैतृक आड र मार्गका सीमा चुँडालेर अगाडि बढ्नुपर्दछ । पिता आख्यानात्मक उपन्यास लेखनमा अमर छन् । विद्यार्थी उन्मादका बेलामा पनि ‘मन’ उपन्यास पढ्दा मजस्तो कठोर पत्थरसमेत घरीघरी पग्लिनु यसै पनि कौतुहलमय औपन्यसिक लेखनको सफलता अहिले ठान्दछु ।
देशलाई सर्वोच्च मान्नु स्रष्टत्वको नयाँपन होइन । त्यही परम्परालाई अँगाल्नु चिन्तनको नयाँ चौतारी पनि होइन । अन्धता सायद विजयमा छैन तर अस्वस्थ परम्पराप्रति आस्था, संस्कार र संस्कृतिको जकडबन्धनबाट मुक्त स्रष्टत्वको निखारतिर विजयको कलमीयात्रा लागेको छैन, आरोहित हुनुपर्छ । यो कुनै आदेश/उपदेश नभएर स्रष्टत्व पहिचानको स्तम्भ हो ।
उर्लदो ऊर्जाको आकर्षक मञ्चासनमा श्रोताको मन लोभ्याउँने विजयसँग व्यङ्ग्यको कठोर प्रहारशक्ति छ । दुष्ट नेतालाई बज्र उपहार छ । दिन्छन् पनि उनी । कलात्मक नै किन नहोस् व्यङ्ग्य एउटा झटारो हो जो छाडेपछि वा हाँनेपछि गयो, सकियो । यसमा स्थिरताका अँश नै हुन्नन् भन्न त सकिन्न तर एकदम कम । विजयका कविता र कविताको वाचनले दर्शकदीर्घा मन्त्रमुग्ध हुँदा सायद यिनको मन पनि त्यसतिरै विश्वस्त भएर अझ बढी यसै प्रवृत्तिलाई आकर्षक बनाउनेतिर लाग्ला वा लाग्नसक्छ । यसको निर्धारण चाहिँ श्रोतापक्षको आधिकारिकताले गर्छ । साँच्चै भन्ने हो भने नेपाली साहित्यिक श्रोता कुन त्यस्तो कलात्मक मूल्य आँक्नसक्ने उच्च मनस्थिति बनाएर कार्यक्रममा जान्छन् र !
यसर्थ वाचन, आकर्षक कलाको प्रभाव हो तर मूल्य होइन । यसैलाई मूल्य ठानेर यस खालकै सिर्जनामा रमायौं भने हामी कलात्मक मूल्यबाट टाढा पुग्छौँ । वाचन आकर्षण नै सर्वस्व हो भनेर त्यसमै दत्तचित्त रहँने कम व्यक्तित्वमध्ये विजय पनि हुन् । यस भ्रमबाट मुक्त भएर अन्तर कलात्मक सौन्दर्य उठानतिर अनवरत लागिपर्नु सच्चा स्रष्टाको भित्री सुझबुझ हो-विजयमा पनि यो अपरिहार्य छ । गीति अल्बम निकाल्ने दरो सोख विजयमा रहेकाले नै यिनका कवित्वचेतनामा ऊर्जा उत्पन्न भएको हो । कारण, गद्य कविता भनेकै लयात्मक शब्द छनोटका बाहिरी आयामबाट उत्पन्न अन्तर साङ्गीतिक सुमधुर ध्वनन हो । विजयको यो पक्ष गद्य कवितात्मक उचाइका दृष्टिले निकै धनात्मक रहेको छ ।
यिनी नेपाली विषयइतर अध्ययनका विद्यार्थी हुन् । अर्थशास्त्रका विद्यार्थी भएर पनि नेपाली साहित्य लेखनको भूत सवार हुनु नेपाली साहित्य भण्डारका प्राप्तिका सन्दर्भमा सकारात्मक भए पनि उनकै र परिवारसम्मको भौतिक सुखसयल वा विलासिताका घेरामा चाहिँ यो घातक सन्दर्भ हो जसले शरीर सोखलाई केहीमात्र ठानेर वैचारिक आत्मशुद्धिको अनन्त यात्रा उठ्ने अठोट निर्णयात्मक रूपमा गर्छ उसले मात्र जीवनलाई साहित्य र साहित्य मात्रलाई जीवन ठान्दछ । यसै दोस्रो धारका हुन् वृद्धकिशोर विजयध्वज थापा ।
आफ्नै पिता लीलाध्वज साहित्यिक संस्कारमा आबद्ध विजयध्वज पैतृक आड र मार्गका सीमा चुँडालेर अगाडि बढ्नुपर्दछ । पिता आख्यानात्मक उपन्यास लेखनमा अमर छन् । विद्यार्थी उन्मादका बेलामा पनि ‘मन’ उपन्यास पढ्दा मजस्तो कठोर पत्थरसमेत घरीघरी पग्लिनु यसै कौतुहलमय औपन्यसिक लेखनको सफलता अहिले ठान्दछु । धेरै परिवारका आफ्नै घरका उत्तराधिकारी एकदमै कम पाइन्छन्, पाइन्नन् नै भने पनि फरक पर्दैन । तिनै कमका अर्थात् नपाइने उत्तराधिकारीका चेहरा हुन् यिनी । बाटा फरक छन् ।
उनका पिता लीलाध्वज थापा आख्यानविधाअन्तर्गत उपन्यासका शिखर पुरुष भए र छन् । अन्य विधामा उनको चर्चा मलाई थाहा छैन । पुत्र विजय यसको ठीकविपरीत पद्यअन्तर्गत गद्य कवितालेखनमा मनसावाचा आफ्नो व्यक्तित्व समर्पित व्यक्ति हुन् । उचाइ अग्लन सफल छन् । चाहे गीत लेखुन् होस् चाहे मुक्तक । चाहे‘ कर्णालीको कुनोदेखि मानसरोवरसम्म’ को यात्रासंस्मरणात्मक ग्रन्थमा अन्तर्राष्ट्रिय वर्ष पुरस्कार नै प्राप्त गरुन् खाँटीमा विजय कवि नै हुन् । मात्र सफल कम केही गद्य कविमध्येका एक कवि ।
लेखन विषयका हिसावमा चाहिँ विजयध्वज थापा पनि परम्परित अन्ध विचारका छाप र छायाँबाट उम्कन खोजे पनि सकेका छैनन् । सबैका आँखाका नानी हुनु झट्ट हेर्दा र सम्झदा असल हो तर गहिरिएर हेर्ने हो भने यसभित्र डरलाग्दो अपराध लुकेको हुन्छ ।
पिताकै नामबाट ‘लीलाध्वज थापा साहित्य प्रतिष्ठान’ का यिनी संस्थापक संवाहक अध्यक्ष पनि हुन् । पुर्खाका नामबाट साहित्यिक शब्दको आवरण लगाई ब्रहृमलुट गर्दै व्यक्ति, परिवार र वर्गीय स्वार्थका ओच्छ्यानमा विलासका रङ्गमञ्च खडा गरी साहित्यको धज्जी उडाउने अपराधीहरूका बिग्बिगी नेपालमा अहिले गणना गरी साध्य छैन । यस्ता पाखण्ड अपराधीहरूका झुण्डभित्र खोजे पनि अपराधको आभास केही कतै नपाइने, स्वेच्छाले समर्पित भएर दिएमात्र नत्र कसैसँग आग्रह पनि नगरी जे सकिन्छ आफ्नै बुताले गर्ने कञ्चन लग्भग एकमात्र भने हुने संस्थाका संस्थापक हुन् विजयध्वज थापा ।
न अहङ्कार, न अस्वस्थ्य प्रतिस्पर्धा, हिँड आफ्नै बुताले जति सक्छौ हिँडी रहु । गर आफ्नै बुताले जति सक्छौ गरी रहुको एकमात्र मेरो अन्तर अध्ययनमा देखिएको संस्थाको नाम हो-‘लीलाध्वज थापा साहित्य प्रतिष्ठान’ र संवाहक व्यक्तिको नाम हो विजयध्वज थापा । संस्था सञ्चालकका हैसियतले कञ्चन स्फटिक भनौँ वा प्लेटिनमको टुक्रा अहिलेसम्मका सन्दर्भमा विजय नै देखापरेको पाइन्छ प्रथममा भने दोस्रो अध्यात्म चिन्तक हरिभक्त सिग्देलको नाम नलिनु आफैँमा अपराधको उदाहरण हुनसक्छ ।
लेखन विषयका हिसावमा चाहिँ विजयध्वज थापा पनि परम्परित अन्ध विचारका छाप र छायाँबाट उम्कन खोजे पनि सकेका छैनन् । सबैका आँखाका नानी हुनु झट्ट हेर्दा र सम्झदा असल हो तर गहिरिएर हेर्ने हो भने यसभित्र डरलाग्दो अपराध लुकेको हुन्छ । विश्वकै सम्पूर्ण क्षेत्रदेखि साहित्यिक क्षेत्रसम्ममा लागेका मान्छे दुई खालका-खराब र असल हुन्छन् । कसैको मन दुखाउन नचाहनु भनेको खराबको पनि प्रशंसक हुनु हो । तितो नबोल्ने, आक्रामका आँखा नखोल्ने मान्छे या त विषयगत कमजोरीले हुन्छ या त संस्था सञ्चालन गर्न चाहिने द्वैध चरित्रका कारणले हुन्छ । जुनसुकै कारणले किन नहोस् यो व्यक्तिभित्रको कमजोरी हो, विजयभित्र पनि छ ।
असल भएमा पितामाताभक्त हुनु कुनै आश्चर्य होइन । असल छ भने शत्रुको पनि भक्त हुन सक्नुपर्दछ । व्यक्ति सर्वांशमा खराब कोही पनि हुँदैन अपवादमा बाहेक । असल पिताका नामबाट असल तरिकाले संस्था सञ्चालन गर्ने हुँदै नभएका व्यक्तिमध्ये पनि एक हुन् विजयध्व थापा । खराबमा आक्रामक बन्ने अन्तर्भाव नजन्मिनु यिनको कमजोरी हो ।
परम्पराका सीमा लेखनमा नाँघ्न खोजेर पनि ईश्वरप्रतिको आस्था, देशप्रतिको मोह, समाजसँगको विनाभेदभाव सद्भाव अर्को अन्तर निर्णयात्मक कमजोरी हो । भलै उनी यसलाई व्यक्तिको आस्था र स्वतन्त्रताको उपज हो ठान्लान् । आजसम्म तीनवटा गीति अल्बम, एक संस्करण सङ्ग्रह, दुई कविता सङ्ग्रह, एक मुक्तक सङ्ग्रह कोशेलीस्वरूप नेपाली साहित्यभण्डारलाई सुम्पेका वृद्धकिशोर विजयध्व थापा नवचेतनात्मक ऊर्जासहित उदाउन्, उकालिउन् । सिर्जनाको स्रोत नै जीवन भएकाले समर्पित भएर यस क्षेत्रमा लाग्ने केहीकाबाहेक जीवन रहुन्जेल सिर्जनाको हृदय सुक्दैन । अझ परिपक्क अवस्थामा उद्भाषित हुन्छ । यस लेखका प्रशंसा खण्डलाई आँखा चिम्ली दिएर कटु आलोचनाका क्षेत्र परिष्कारमा खरो उत्रुन् विजयध्वज थापा भन्ने कामना गर्दै अक्षरान्त गर्छु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच