
मानिसको जीवन ईश्वरीय वरदान हो । यो जीवनलाई समाप्त पार्ने अधिकार कसैलाई पनि छैन । मानवीय भावनाको कदरमा मात्र मानिसको जीवन सबल बन्न सक्दछ । यदि जीवन-जीवनका रूपमा बाँच्ने हो भने मान्छेले मान्छेलाई मान्छेकै आँखाले हेर्नुपर्ने हुन्छ । त्यसरी हेरिएन भने जीवनको आग्रह र मानिसले बाँच्ने पद्धतिमा जहिले पनि अस्वीकारको अवस्था सिर्जना हुनेगरेको देखिन्छ । त्यसैले हाम्रा शास्त्रहरू र हाम्रो जीवनपद्धति सबैलाई मानिस भएर बाँच्न आग्रह गरेका छन् । मानिसको बाँच्ने अधिकार सबैका लागि सुरक्षित हुनु अनिवार्य मानिन्छ । मानवीय भावना र शासकको आत्मिक चिन्तनमा विचलन नआएसम्म संसारमा युद्धको शङ्खघोष हुन सक्दैन । देशको रक्षा शासकको पहिलो प्राथमिकता हो तर शनकबाहेक युद्ध हुन सक्दैन ।
मानिसलाई बर्बर तरिकाले मार्नु पक्कै पनि मानवता होइन । धर्म सोधेरमात्र मार्नु यो धर्म युद्ध पनि थिएन । पर्यटकलाई छानीछानी गोली मार्नु पक्कै पनि बर्बरताको नमुना मानिएको छ । उक्त घटनामा विश्वका शक्तिशाली देश भारतका पक्षमा देखिए । उनीहरूले आतङ्की हमलालाई बर्बरताको संज्ञा दिए ।
संसारले दुईवटा युद्ध झेलिरहेको छ । यी युद्ध छिटो समाप्त होलान् भन्ने आशामा रहेको संसारलाई भारत र पाकिस्तानको तनावले फेरि अलगथलग बनाएको छ । भारत र पाकिस्तानको तनाव आजको होइन । भारत र पाक कश्मीरका लागि सदा तनावमै रहने गरेका देश हुन् । भारतमा हुने आतङ्की प्रहारले यी दुई देशको कूटनीतिक, राजनीतिक, आर्थिक सम्बन्धमा पनि चिसोपन आएको देखिन्छ । यो चिसोपनको पहिचान उनीहरूमा देखापरेको आ–आफ्नो अडान हो । यही अडानमा रहेका यी देशहरू आफैंमा आणविक शक्ति सम्पन्न मानिन्छन् तर यी दुबै देशमा देखिएको तनावले विश्वको अवस्था जेजस्तो भए पनि नेपालले युद्धको डरलाग्दो अवस्थालाई पक्कै पनि भोग्नेछ । परमाणु शक्ति सम्पन्न यी दुबै देशले परमाणु युद्ध नगरून् भन्ने चाह नै आजका नेपालीको हो ।
बर्बरताको नमुना
पाकिस्तानबाट आएका आतङ्कवादीले यही २०८१ साल वैशाख २२ गते छब्बीस जनाको निर्मम तरिकाले हत्या गरे । पर्यटकका रूपमा गएका भारतीयहरूलाई धर्म सोधेरमात्र हत्या गरिएको थियो । हिन्दू धर्म मान्नेलाई छानेर हत्या गरिएको थियो । उक्त घटनाले भारत पाकिस्तानसित क्रुद्ध बनेको थियो । उसले कूटनीतिक सम्बन्ध समाप्त पारेको थियो । यसका साथै भारतीय जनतामा पाकिस्तानप्रतिको आक्रोश पूर्णरूपमा बढेको थियो तर केही समय तयारी गरेको भारतले आतङ्कवादी शिविरमा आक्रमण गरी पाकिस्तानसँग बदला लियो । उक्त आक्रमणले पाकिस्तानको सेना र सर्वसाधारणलाई निसाना बनाएन ।
भारतीय आक्रमण आतङ्कको ढाड भाँच्नु थियो । यी दुबै देशको तनाव निरन्तर बढिरहेको अवस्थामा युद्धको शङ्खनाद भएको छ । आतङ्कारीले जसरी धर्मका नाममा आक्रमण गरेर भारतीय र अन्य देशका नागरिक मारेका थिए त्यसको बदला थियो भारतीय आक्रमण । पाकिस्तान प्रतिकारमा उत्रेका कारण आजको अवस्थासम्म यी दुबै देश युद्धको समान् परिवेशमा उपस्थित भएका छन् ।
मानिसलाई बर्बर तरिकाले मार्नु पक्कै पनि मानवता होइन । धर्म सोधेरमात्र मार्नु यो धर्म युद्ध पनि थिएन । पर्यटकलाई छानी छानी गोली मार्नु पक्कै पनि बर्बरताको नमुना मानिएको छ । उक्त घटनामा विश्वका शक्तिशाली देश भारतका पक्षमा देखिए । उनीहरूले आतङ्की हमलालाई बर्बरताको संज्ञा दिए । यी दुबै देशको तनाव यहीँ रोकिएन । भारत र पाकिस्तानको तनाव तनावका रूपमा रहेन । यी दुबै देश आज युद्धको सङ्घारमा उभिए । युद्ध थामिएन भने निर्दोष नागरिकको ज्यान जानेछ । संसार फेरि अर्को युद्धको चपेटामा पर्नेछ । वार्ताबाट समाधान खोज्नुपर्नेमा त्यसो हुन सकेन । बर्बरताको प्रतित्युत्तर भारतले सैन्यबलबाट दियो तर बर्बरताको यो नमुना संसारमा कतै पनि देखिँदैन । बर्बरतालाई मुख्य मान्ने आतङ्कले आज विश्व मानवतालाई पनि छियाछिया बनाएको छ । मानवता बर्बरतामा जीवन्त रहन सक्दैन । युद्धले कहिले पनि मानवताको रक्षा गर्न सक्दैन । युद्ध नरसंहार र भौतिक क्षतिको पहिचान हो तर यी आणविक शक्तिले भरिएका देशले आणविक युद्ध नगरून् भन्ने कामनाबाहेक हामीसित केही उपाय छैन । आज संसार आतङ्कको छायामा बाँचिरहेको छ । संसारमा यो अवस्था रहुञ्जेल मानिसले चैनको सार फेर्न पनि सक्दैन । संसारमा आतङ्कले फैलाएको जालोलाई समाप्त पार्न सकिँदैन । आतङ्क जहिले पनि बर्बरताले भरिएको हुन्छ । बर्बरताको अर्को नाम नै आतङ्क हो । त्यसैले आतङ्वाद समाप्त हुनु अनिवार्य मानिन्छ । समाप्त नभए यो बर्बर अवस्थाले र तिनीहरूले प्रयोग गर्ने मानसिक तनाव सदा मानिसका लागि रहिरहनेछ ।
आणविक युद्ध नहोस्
शक्तिशाली मुलुकहरूले सबैभन्दा बढी खर्च हतियारमा गर्ने गरेको देखिन्छ । शक्तिलाई सर्वोपरी मान्ने प्रवृत्ति आजको संसारका विकसित देशको पहिचान बनेको छ । यसरी अस्त्रशस्त्रमा लगानी गर्ने देशले आजको विश्वलाई चलाएका हुन्छन् । त्यसैले आजको विश्व हतियार सम्पन्न छ । हतियार कहिल्यै पनि मानवताको रक्षा गर्ने साधन होइनन् । हतियार त मानिसको बाँच्न पाउने अधिकारलाई समाप्त पार्ने मानव सिर्जित पहिचान हुन् । यिनको प्रयोग कहिल्यै पनि मानवता र मानवीय भावनाको रक्षाका लागि हुन सक्दैन ।
रसिया-युक्रेन, इजरायल-हमास युद्ध चलिरहेका छन् । ती युद्धको प्रभाव विश्वको अर्थबजारमा परिरहेको छ तर यी दुई युद्ध चलिरहेको अवस्थामा भारत र पाकिस्तानको युद्धले संसारलाई एकपटक सोच्न बाध्य बनाएको छ । हतियारको प्रयोग मानिसको रक्षाका लागिन हुनु नै आजको सबैभन्दा ठूलो समस्या हो । हतियारको सिर्जना गर्ने देशहरू जहिले पनि आफूलाई शक्तिशाली सावित गर्न लागिरहेका छन् । शक्तिका भरमा कमजोर मुलुकप्रति गरिने आक्रमण युद्धको नियमविपरीत मानिएको हुन्छ । आजको विश्वका धेरै मुलुक शक्तिसम्पन्न छन् ।
यी देशको पहिचान आफ्नै किसिमको होला ? संसारमा मानवीय भावनाको रक्षा र मानवताको पहिचानलाई जीवन्त राख्नु अनिवार्य मानिन्छ । आजको विश्वमा त्यसो हुनसकेन । संसारमा शान्तिको वकालत गर्ने संयुक्त राष्ट्रसङ्घ मूकदर्शक बनेर हेरिरहेको छ । हतियार सम्पन्न देश कसैको आदेशलाई स्वीकार गर्ने पक्षमा देखापरेका छैनन् ।
भारत र पाकिस्तानको सैन्य तागतका बारेमा आआफ्नै तर्क होलान् तर यी दुबै देश आणविक शक्ति सम्पन्न छन् । आतङ्कका विरुद्ध गरिएको युद्ध यहीँ सीमित रहोस् । आतङ्कवादीले देखाएको बर्बरता सिन्दुर अप्रेशनमा मात्र रोकियोस् । यदि यो युद्धले आणविक हतियारलाई प्रयोगमा ल्यायो भने मानवता धुजाधुजा हुनेछ ।
युद्ध प्राचीनकालमा पनि नभएका होइनन् । ती युद्ध धर्मयुद्ध मानिएका थिए । अन्याय, अधर्म र पापका विरुद्ध थिए । ती युद्धले मानवीय भावनाको कहिल्यै पनि उलङ्घन गरेका थिएनन् । युद्धभूमिमा रहेका सैनिकका बीचमा मात्र युद्ध हुने गर्दथे । आजको अवस्था त्यस्तो छैन । आजको युद्ध विज्ञानका साथै प्रविधिले सम्पन्न युद्ध मानिन्छ । यस्तो अवस्थामा सैन्य अखाडा वा युद्धमा भाग लिने सैनिकमात्र मारिँदैनन् । सर्वसाधारण जनताको पनि मृत्यु हुनेगरेको देखिन्छ । त्यसैले युद्ध कहिल्यै पनि प्रगतिको आधार हुन सक्दैन । मानिसको बाँच्न पाउने अधिकारलाई सुरक्षित राख्नु कुनै पनि युद्धको नियम हो तर आज त्यसो हुन सक्दैन ।
भारत र पाकिस्तानको युद्धले अप्रत्यक्ष होइन प्रत्यक्ष प्रभाव हाम्रो जस्तो शान्तिप्रिय मुलुकमा पनि पार्ने निश्चित छ । हामी यस युद्धबाट अछुतो रहन सक्दैनौँ । हामी शान्तिकामी हौँ । हामी बुद्धको देशका वासिन्दा हौँ । हामी यी दुबै देशले आफ्नो समस्याको समाधान वार्ताबाट गरून् भन्ने चाहन्छौँ । हामीले भनेर के हुने हो र ? तर युद्धको अवस्था डरलाग्दो हुन्छ । डर र त्रासबाट कुनै पनि आमनागरिकको ज्यान नजाओस् । यही कामना हाम्रो रहेको छ ।
भारत र पाकिस्तानको सैन्य तागतका बारेमा आ-आफ्नै तर्क होलान् तर यी दुबै देश आणविक शक्ति सम्पन्न छन् । आतङ्कका विरुद्ध गरिएको युद्ध यहीँ सीमित रहोस् । आतङ्कवादीले देखाएको बर्बरता सिन्दुर अप्रेशनमा मात्र रोकियोस् । यदि यो युद्धले आणविक हतियारलाई प्रयोगमा ल्यायो भने मानवता धुजाधुजा हुनेछ । शक्तिका आडमा गरिने यस किसिमका युद्धले मानिसका अधिकारलाई समाप्त पार्ने निश्चित छ । युद्ध कसैका लागि पनि रक्षाको कवच हुन सक्दैन । युद्ध–युद्ध हो जहाँ हरेक मानवीय भावनाले बिराम पाउने गरेका हुन्छन् ।
समाज र देशको विकासलाई कहिले पनि युद्धले संरक्षण गर्न सक्दैनन् । आतङ्क आफैँमा बर्बरता हो तर आतङ्कलाई समाप्त पार्ने प्रयास पक्कै युद्ध होइन । युद्धले दिने बर्बरतालाई रोक्न सकिएन भने मानवीय भावना र मानिसको जीजीविषालाई समाप्त पार्नेछ । यी दुबै देशको युद्ध जे जस्तो भए पनि आणविक युद्ध नबनोस् यही कामना हामी जस्ता देशवासीको रहनेछ । संसार विश्व युद्धको अवस्थामा नपुगोस् । मानिसको गाँस, वास र बाँच्न पाउने अधिकार नखोसियोस् । शान्तिका माध्यमबाट संसार गतिशील बनोस् । विकासका प्रहरहरूले संसारलाई अझ सम्पन्न बनाउने प्रयास रहोस् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच