
काठमाडौं । भारत र पाकिस्तानबीचको तनाव उत्कर्षमा पुगेको छ। सिमा क्षेत्रमा दुवै देशले एक अर्का माथि गोलावारी गरिरहेका छन् । भारतले आतंकावादीको विरुद्धमा भन्दै ‘अपरेशन सिन्दूर’ घोषणा गरेपछि पाकिस्तालने पनि ‘अपरेसन बानयन मर्सस’ गरेको छ । यसले दुई देशबीचको तनाव अझै बढ्न सक्ने संकेत गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
पछिल्लो घटनाक्रममा भारतले तीनवटा सैन्य विमानस्थलमा मिसाइल आक्रमण गरेको पाकिस्तानले आरोप लगाएको छ । जुन भारतले अहिलेसम्म पुष्टि वा खण्डन गरेको छैन।
पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले सरकारी टेलिभिजनमार्फत वक्तव्य दिंदै भन्नुभयो, “भारतले तीनवटा सैन्य एयरबेसहरूमा मिसाइल प्रहार गरेको छ, तर हाम्रो एयर डिफेन्स प्रणालीले अधिकांश मिसाइलहरू खसाल्न सफल भएको छ।” उनले थपे, “पाकिस्तानी सेना पूर्ण रूपमा तयार अवस्थामा छ र यो आक्रमणको जवाफ दिइनेछ।”
पाकिस्तानका अनुसार राजधानी इस्लामाबादबाट करिब १० किलोमिटर टाढा रहेको रावलपिन्डीस्थित नूर खान विमानस्थललाई भारतले निशाना बनाएको थियो ।
त्यसैगरी, जम्मू–कश्मीरको अवस्था तनावपूर्ण बनेको छ। त्यहाँका मुख्यमन्त्री उमर अब्दुल्लाह पाकिस्तानी आक्रमण एक जनाका अधिकृतको मृत्यु भएको जानकारी दिनुभएको छ ।

सामाजिक सञ्जाल ‘एक्स’मा उहाँले लेख्नुभएको छ, “राजौरीबाट दुःखद खबर आएको छ। अतिरिक्त जिल्ला विकास आयुक्त राज कुमार थापाको घरमा गोलीबारी हुँदा उहाँको ज्यान गएको छ।”
यो घटनाक्रमले दक्षिण एसियामा फेरि एकपटक गम्भीर सैन्य तनाव निम्त्याएको छ। दुवै देश परमाणु शक्ति सम्पन्न छन्, जसले गर्दा विश्वसमुदायको ध्यान पनि यो क्षेत्रमा केन्द्रित हुन थालेको छ।
हालसम्म भारतले कुनै औपचारिक प्रतिक्रिया नजनाए पनि कूटनीतिक रूपमा चाँडै संवाद हुने आशा गरिएको छ। क्षेत्रीय शान्ति र स्थिरताको निम्ति दुवै देशलाई संयमता अपनाउँदै वार्ताबाट समाधानतर्फ अग्रसर हुन विश्व समुदायले सुझाव दिइरहेका छन् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच