
काठमाडौं । मोडल तथा डान्सर स्वस्थानी तामाङले आफ्नो प्रस्तुतिमार्फत धेरैको मन जित्न सफल हुनुभएको छ । उहाँले छोटो समयमै नेपाली कला क्षेत्रमा आफूलाई चर्चामा ल्याउन सफल हुनुभएको छ । नृत्य भनेपछि सानैदेखि हुरुक्क उहाँलाई आफू अध्ययनरत स्कुलको प्रिन्सिपल घनेन्द्र भट्टराईले रियालिटी शोमा जान प्रोत्साहन गर्नुभयो । जसलेगर्दा उहाँले प्रतिभाको आँगनमा सर्वोकृष्ट डान्सरको प्रथम श्रेणीको उपाधि हासिल गर्न सफल हुनुभयो ।
‘अभिनेत्री मिथिला शर्मा र महेश गोदार सरको देखाउनुभएको बाटोमा हिँड्दैछु’, उहाँ भन्नुहुन्छ । एसी डान्स च्याम्पियनमा उहाँले छात्रावृत्ति पाएर कक्षा ११ १२ र स्नातकमा पढ्दै हुनुहुन्छ । पढाइ सँगसँगै नृत्य र कला क्षेत्रलाई पनि उहाँ अगाडि बढिरहनुभएको छ । जीवनमा जस्तोसुकै कठिन परिस्थिति आएतापनि न ढगमकाइकन धैर्यता र मेहनतका साथ अगाडि बढ्ने उहाँको सोच छ । नृत्य प्रशिक्षकका रूपमा उहाँले काठमाडौंका विभिन्न स्कुलहरूमा डान्स सिकाउँदै पनि आउनुभएको छ । उहाँ करातेको खेलाडी पनि हुनुहन्छ ।
स्वस्थानी विभिन्न महोत्सव, कर्पोरेट कार्यक्रम, अवार्डहरूमा नृत्य प्रस्तुत गर्न पुग्नुहुन्छ । ‘मिहिनेत गरिरहेकी छु अझ धेरै गर्न बाँकी छ । आफ्नो कलामार्फत म देश नेपाललाई संसारभरि चिनाउन चाहन्छु’, उहाँ भन्नुहुन्छ । ठूलो पर्दाको चलचित्र अभिनय गर्ने पनि उहाँको चाह छ ।
एउटा कलाकार भएपछि सबै प्रकारका नृत्यको ज्ञान हुनु आवश्यक रहेको बताउनुहुने स्वस्थानी कल्चर डान्स, कन्टेम्पोररी डान्स, बलिउड डान्स, सबै फर्मका डान्सहरूको ज्ञान हुन आवश्यक हुने जिकिर गर्नुहुन्छ । उहाँ आफू भर्सटाइल डान्सरको रूपमा चिनिन चाहेको बताउनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच