
काठमाडौं । छायाँछवि क्रियशनले आयोजना गर्ने नेपाली फिल्म अवार्ड प्रिज्मा डि सिने अवार्डको मनोनयन सूची सार्वजनिक भएको छ । यो वर्ष २०८० मा प्रदर्शन भएका फिल्महरूबीच प्रतिस्पर्धा गरिएको आयोजक संस्थाको भनाइ छ ।
२०८१ को अवार्ड समारोह भने आगामी दशैँ तथा तिहारको बीचमा आयोजना गरेर अवार्ड समारोहलाई निमयितता दिने छायाँछवि क्रियशन एवं अवार्डका अध्यक्ष शान्तिप्रियले बताउनुभयो ।
नेपाली फिल्म तथा फिल्मकर्मीहरूलाई प्रोत्साहन गर्ने, राम्राभन्दा राम्रा फिल्म बनाउन प्रेरित गर्ने, अवार्डका माध्यमबाट सिर्जनात्मक रूपमा स्रष्टा, सर्जकहरू उत्कृष्टतातिर ध्यान दिन सकून् भन्ने उद्देश्यले डि सिने अवार्ड आयोजना गर्दै आएको आयोजक संस्थाले स्पष्ट पारेको छ ।
सोह्रौं संस्करणको उत्कृष्ट मनोनयन २१ विधामा आएको छ । छायाँछवि क्रियशन एवं अवार्ड अध्यक्ष शान्तिप्रियले कीर्तिपुर सिनेप्लेक्समा यसपटकको अवार्ड कार्यक्रम आयोजना गरिने जानकारी गराउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच