
नुवाकोट । सुन्दरादेवी सन्देश साप्ताहिकको आयोजना तथा स्पार्कल इन्टरनेशनल स्कुलको सहआयोजनामा सातौं खुल्ला एकल र सामूहिक लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । एक विशेष समारोहबीच विदुर नपा-९ कोलोनीस्थित स्पार्कल इन्टरनेशल स्कुलमा प्रतियोगिता सम्पन्न भएको हो । यसबाट प्रतिभा पहिचानका लागि मद्दत पुगेको बताइएको छ ।
प्रतियोगितामा समूहतर्फ निर्मल तामाङ डान्स एण्ड फिटनेस सेन्टर (जुनियर) प्रथम, सोही सेन्टरको (सिनियर) समूहले द्वितीय स्थान जितेको छ । सेई बोर्डिङ स्कुल छहरेको समूहले तृतीय स्थान जितेका छन् । उनीहरूलाई नगदसहित ट्रफी र प्रमाणपत्र पुरस्कारस्वरूप प्रदान गरिएको थियो । प्रथमले १५ हजार, दोस्रोले १० हजार र तृतीयले पाँच हजार नगद रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।
प्रतियोगिताको एकल विद्यातर्फ निर्मल तामाङ डान्स एण्ड फिटनेस सेन्टरकी आर्या कार्कीले प्रथम हुनुभयो । उहाँले ११ हजार १११ रुपैयाँ, गुडविल एकेडेमी पिपलटारकी छात्रा विनु विक द्वितीयले ६ हजार ६६६ र तृतीय हुनुभएकी ओममाने पव्लिक स्कुल गेर्खुटारकी छात्रा स्मारिका विकले नगद तीनहजार २३३ रुपैयाँ नगदका साथ ट्रफी र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नुभएको थियो । कार्यक्रममा कला, संस्कृति, नृत्य, संगीतमा योगदान पु¥याएका विविध क्षेत्रका व्यक्ति तथा संस्था, एवं संहयोगी संस्थालाई सम्मानित गरिएकोे थियो । फाइनल प्रतियोगिताको निर्णयकमा गायिका एवं नायिका सारिका घिमिरे र कलाकार राज टाइगर रहनुभएको थियो ।
नृत्य, लोकसंगीत, ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा निरन्तर योगदान पुर्याउँदै आउनुभएका सञ्चारमाध्यमहरूलाई आयोजकका तर्फवाट मेयर राजन श्रेष्ठले सम्मानित गर्नुभएको थियो । कार्यक्रममा विदुर-९ का वडाध्यक्ष हरेराम भण्डारी, पत्रकार महासंघ बागमती प्रदेशका निवर्तमान अध्यक्ष शिव देवकोटा, विद्यालयका प्रिन्सिपल यादव अधिकारी, आयोजक किरणप्रसाद अधिकारी, प्याप्सनका प्रतिनिधि, समाजसेवी, कलाकारहरू, त्यस्तै जिल्ला तथा विभिन्न विद्याका कलाकारलगायत, विभिन्न विद्यालयका शिक्षक शिक्षिका, विद्यार्थीको सहभागिता रहेको थियो । समारोहमा पत्रकारिता सम्मानबाट रिना श्रेष्ठ, गीता अधिकारी अन्य विभिन्न क्षेत्रबाट योगदान पुर्याउने व्यक्ति व्यक्तित्वलाई समेत सम्मान गरिएको थियो ।
कलाकार सारिका घिमिरे तथा म्हेन्दोमाया र विभिन्न कलाकारले कार्यक्रममा आ-आफ्नो गीत, संगीत तथा नृत्य प्रस्तुति दिनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले कला र पहिचानले समाज र देशकै गौरव बढाउने बताउनुभयो ।
कार्यक्रममा मुख्य आयोजक किरणप्रसाद अधिकारीले स्थानीय कला, संस्कृति र प्रतिभाको प्रवद्र्धनमा यसखाले प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । मेयर श्रेष्ठसहित नवाकोट खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङ, भूमि समस्या समाधान समितिका सदस्य माधव रिजाल, उद्योग वाणिज्य संघ नुवाकोटका अध्यक्ष राजेन्द्र श्रेष्ठ, सुन्दरादेवी सन्देश साप्ताहिकका प्रबन्ध निर्देशक किरणप्रसाद अधिकारीलगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा गायन तथा नृत्य क्षेत्रका विभिन्न कलाकार, विभिन्न विद्यालयबाट सहभागी विद्यार्थीहरू, कलाकारिता क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच