
काठमाडौं । चलचित्र विकास बोर्डले केही समयमै रियल टाइम बक्सअफिस प्रणाली लागू गर्ने भएको छ । बिहीबार बक्सअफिस प्रणालीको सफलतापूर्वक परीक्षण गरेसँगै छिट्टै लागू गरिने बोर्डले जनाएको हो ।
रियल टाइम बक्सअफिस प्रणाली २०६६ सालदेखि लागू गर्ने भनिएको थियो । तर, चर्चाको १६ वर्षपछि यो प्रणाली कार्यान्वयनमा आउन लागेको हो । जसले बक्सअफिसप्रति विश्वसनीयत बढ्ने र चलचित्रको बजार पारदर्शी हुने बोर्डको विश्वास छ ।
बोर्डका अध्यक्ष दिनेश डिसीले लामो प्रतिक्षापछि चलचित्र क्षेत्रले चाहेको आधुनिक, न्यायसंगत रियल टाइम बक्स अफिस ल्याउन लागेको जानकारी दिनुभयो । जुन लागू भएसँगै टिकट बिक्री भएको पाँच मिनेटभित्रै बक्सअफिस केन्द्रीय सर्भर प्रणालीमा तथ्यांक पुग्नेछ ।
बक्सअफिस तथ्यांकमा भने सरकारी प्रतिनिधि, फिल्म निर्माता र वितरकले पहुँच पाउनेछन् । कुनै चलचित्र र हलको ‘ट्रयाक रेकर्ड’ पनि विश्लेषण गर्न सकिने बोर्डले जनाएको छ । जेठ १५ भित्रै सेवाप्रवाहलाई अनलाइनमाध्यममा रुपान्तरण गर्ने बोर्डको तयारी छ । सेवाग्राहीले बोर्डको वेबसाइटमार्फत सेवा लिन सक्नेछन् । जसकोलागि सेवाग्राही कार्यालयसम्म पुग्नुपर्दैन । सेवाग्राही भएकै स्थानमा बोर्डले कागजपत्र डेलिभर गर्ने समेत योजना छ ।
रियल टाइम बक्सअफिस प्रणाली २०६६ सालदेखि लागू गर्ने भनिएको थियो । तर, चर्चाको १६ वर्षपछि यो प्रणाली कार्यान्वयनमा आउन लागेको हो । जसले बक्सअफिसप्रति विश्वसनीयत बढ्ने र चलचित्रको बजार पारदर्शी हुने बोर्डको विश्वास छ । साथै बोर्डले केही दिनमा बनेपामा इन्डोर फिल्म छायांकन स्टुडियोको शिलान्यासको गर्न लागेको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच