
झापा । झापामा गएराति एक व्यक्तिले धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरेका छन् । कनकाई नगरपालिका-२ सुकेडाँगीमाका ३५ वर्षीय कविराज हेमरमले ३४ वर्षीया श्रीमती पूजा हेमरमको हत्या गरेको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ ।
घटना शनिबार राति साढे ११ बजेतिरको हो। उनीहरू बीच आपसी विवाद हुँदा आक्रोसित बनेका कविराजले गर्धनमा खुकुरी प्रहार गरेका थिए । पूजाको घटनास्थलमा नै मृत्यु भएको जनाइएको छ। श्रीमतीको हत्यापछि उनले प्रहरी समक्ष आत्मसमपर्ण गरेको बताइन्छ ।
कविराजलाई इप्रका सुरुङ्गामा राखेर घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको सुरुङ्गा प्रहरीले जनाएको छ । इप्रका सुरुङ्गामा राखेर घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको सुरुङ्गा प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच