
यो शब्द आजभन्दा करिब १५ वर्षअघि बूढानीलकण्ठस्थित विपस्यना केन्द्रमा दश दिने विपस्यना गर्न जाँदा आचार्य श्रीसत्यनारायण गोइन्काज्यूको भिडियो प्रवचनमा सुनेको हुँ । दैनिक बिहान सबेरैदेखि साँझसम्म विपस्यना ध्यानको अभ्यास गराइन्थ्यो । साँझको खाना खाएपछि आचार्यको प्रवचन सुन्ने कार्यक्रम हुन्थ्यो । मेरो लागि धर्मगुरुहरूबाट दिइने प्रवचन सुन्ने पहिलो अवसर थियो । उहाँको बोलीमा मिठास थियो, सरल भाषा, भगवान वुद्धका गहिरो मर्मलाई सजिलैसँग बुझाउन सक्ने उहाँको अद्वितिए प्रतिभा रहेछ । उहाँको प्रवचनबाट अप्रभावित रहिरहन सकिन । जीवनको यथार्थलाई कसरी हेर्ने, बुझुने, झेल्ने र सदा सुखी रहने फर्मुला पाएजस्तो भयो ।
जीवनमा दुःख, हानी, अपयश, पराजय हुन जाँदा हामी दुःखी हुन सक्छौं, विक्षिप्त हुन सक्छौं, पलायन हुन सक्छौं । यस्तो कुरा हामी कसैलाई पनि प्रिय लाग्ने कुरा भएन । चाँडै यो अवस्था जाओस् भनेर कामना गर्दछौं । पूजा पाठ, विभिन्न कर्मकाण्ड गर्न पट्टी लाग्छौं यसबाट छुटकारा पाउनलाई । यो प्रतिकुल अवस्थाले हामीमा द्वेष भावना बढाउन मद्धत गर्दछ र झन्-झन् दुःख थपिदिने काम गर्दछ ।
त्यो थियो संसारमा कुनै चिज स्थाई छैन । सबै परिवर्तनशील छन् । सुख दुःख, लाभ हानी, यश अपयश, जय पराजय जीवनमा आइरहन्छन् गइरहन्छन् । जीवनमा सुख, लाभ, यश र विजय प्राप्त हुँदा प्रफुल्ल नहुनेको होला र ? हामी सबै प्रफुल्ल हुन्छौं । सधैंभरी यस्तै रहिरहोस् भनेर कामना गर्दछौं । अझै यसले हाम्रो अहंकार पनि बढाइदिन् सक्छ, हामीबाट विनयशीलतालाई पर धकिलिदिन सक्छ, मान्छेलाई गन्नै छाड्ने प्रवृति बढाइदिनसक्छ । परोपकारी भाव र कर्मलाई वेवास्ता गर्दै मै खाउँ मै लाउँ अरू मरून् सबै भन्ने दूराभाव पो बढाइ दिनसक्छ । अर्कोतिर सधैं यस्तै रहिरहोस् भन्ने कामनाले हामीमा आशक्ति बढाइ दिन्छ, राग र मोह बढाइदिन्छ । तर, यथार्थमा रागको बशमा परेर गरेको यस्ता कामना पूरा नहुँदा हामी दुःखी हुन पुग्छौं, विक्षिप्त हुन पुग्छौं, मनमा शान्ति आउँदैन ।
त्यस्तै जीवनमा दुःख, हानी, अपयश, पराजय हुन जाँदा हामी दुःखी हुन सक्छौं, विक्षिप्त हुन सक्छौं, पलायन हुन सक्छौं । यस्तो कुरा हामी कसैलाई पनि प्रिय लाग्ने कुरा भएन । चाँडै यो अवस्था जाओस् भनेर कामना गर्दछौं । पूजा पाठ, विभिन्न कर्मकाण्ड गर्न पट्टी लाग्छौं यसबाट छुटकारा पाउनलाई । यो प्रतिकुल अवस्थाले हामीमा द्वेष भावना बढाउन मद्धत गर्दछ र झन् झन् दुःख थपिदिने काम गद्र्छ । स्थाई नहुनुको अर्थ अनित्य हो । सुख दुःख, लाभ हानी, यश अपयश, जय पराजय यी सबै अनित्य हुन भनेर हामीले बुझुन् सक्यौं भने हामीलाई यी कुराहरूले कहिल्यै विचलित हुन दिनसक्ने छैन । सबैलाई समभावले हेर्दा मनलाई शान्ति दिन्छ । आचार्यको यो कुराको अभ्यासले साँच्चै नै मनलाई शान्ति दिँदो रहेछ भन्ने अनुभव भएको छ ।
परोपकार गर्नुपर्छ, केवल आफ्नो भलाइँलाई मात्र सोचेर हुँदैन । साना ठूलो जुनसुकै परोपकार अन्ततोगत्वा आफैंलाई फाइदा हुन्छ, जसलाई प्रचलित भाषामा पुण्य कमाउनु हो । ‘भवतु सर्व मंगलम्’ मैले यसरी बुझ्ने गरेको छु । सबैको भलो होस्, सबैको शुभ होस, कसैको कुभलो नगरौं, कसैको कुभलो नचिताउँ भन्ने यो शब्दको सन्देश हो जस्तो लाग्छ । बौद्ध थेरवादी भिक्षुहरू जसलाई भन्ते भनेर भनिन्छ उहाँहरूले बौद्ध धर्मदेशना को अन्तमा यो शब्द प्रयोग गर्ने गर्छन् । आजकाल महायानी लामागुरुहरू रिम्पोछे, खेन्पोहरू (आचार्य)ले नेपालीमा धर्मदेशना गर्दा यो शब्द भन्न छुटाउँदैनन् ।
पराइलाई फाइदा हुने काम गर्दा आफैंलाई झन्-झन् फाइदा भएको कुरा गुगल, माइक्रोसफ्ट, भाइवर, टिकट्क, फेसबुकले हामीलाई दिएको निःशुल्क सेवाले प्रमाणित गरेको कुरा हामी आफैं दैनिक अनुभव गरिरहेका छौं । अर्कैलाई छेक्न बनाएको संरचनाले हाम्रै आफ्नै बाटो छेकेको वा असुविधा भएको हाम्रा वरिपरि थुप्रै देख्छौं तर त्यसलाई हटाई दिएमा आफूलाई अत्यन्तै सुविधा हुने र अरूलाइ पनि त्यो सुविधा हुने हुँदा वातावरण अति सुन्दर र सहज हुने कुरा हामीले समयमा नै बुझ्न सक्यौं भने जीवन सुखी र सहज हुनेछ । ‘भवतु सर्व मंगलम्’को व्यावहारिक अर्थ सायद यो हो कि ?
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच