
नेपालको लुम्बिनी सिद्धार्थ गौतमको जन्मस्थल हो । यहाँ इशापूर्व ६२३ मा उनको जन्म भएको थियो । कपिलवस्तुको राज खानदानमा जन्मेका सिद्धार्थको १६ वर्षको उमेरमा नेपालकै देवदहकी यशोधरासँग विवाह भएको थियो । उनको २९ वर्षको उमेरमा राहुल नामक छोरा जन्मेका थिए । जातक अट्टकथा अनुसार राहुल जन्मेको सात दिनमा उनले बहुजन हितको खोजीमा गृहत्याग गरेका थिए । उनले करिब छ वर्षपछि बोधिज्ञान प्राप्त गरी बुद्ध बने । बुद्धले ३६ वर्षको उमेरमा सारनाथमा पहिलो धर्मचक्र प्रवर्तन अर्थात् प्रथम उपदेश गरे । जुन चार आर्यसत्यका बारेमा थियो ।
पाँच गृहत्यागीहरूले उनको उपदेश सुनेका थिए र उनीहरू सन्तुष्ट भएर बुद्धको अनुयायी भई भिक्षु बनेका थिए । जसलाई बौद्ध ग्रन्थहरूमा पञ्च भद्रवर्गीय भिक्षु भनिन्छ । उनीहरूमध्ये जेठा कौण्डन्य भएकोे र सर्व प्रथम भिक्षु बनाइएकाले उनलाई प्रथम भिक्षु मान्ने गरिन्छ । गौतम बुद्धले त्यसपछि आफ्नो उपदेश भारत वर्षमा फैलाउन थाले । उनलाई गौतम बुद्ध भन्न थालियो । तत्कालीन समयमा समाजमा अन्य धर्ममा बढ्दै गएको कुरीति र असमान व्यवहार एवं कठिन जीवन पद्यतिका कारण बुद्धको मार्गलाई मध्यम मार्ग भनी सबैले मान्दै फैलिन थाल्यो । बुद्ध, धर्म र संघको विकास तीव्र रूपमा बढ्न थाल्यो ।
गौतम बुद्धको लुम्बिनीमा जन्म, उनले बोधगयामा बोधिज्ञान प्राप्त, कुशीनगरमा महापरिनिर्वाण प्राप्त गरेका पवित्र दिनहरू भनी यस दिन संसारभर बुद्ध पूर्णिमा, बुद्ध जयन्ती मान्ने र मनाउने प्रचलन रहेको छ । तर यसका अतिरिक्त यस दिन गौतम बुद्धले बुद्धत्व प्राप्त गरेपछि यसअधिको आफ्नो दरबार कपिलवस्तु आगमनको प्रथम दिन पनि हो ।
भारत वर्षका विभिन्न राज्य रजौटाहरूको पनि उल्लेख्य सहयोग र संलग्नता बुद्ध धर्ममा हुन थाल्यो । करिब ८० वर्षसम्म उनले निरन्तर बौद्ध धर्मको शिक्षा बाँड्दै हिँडे । उनको महापरिनिर्वाण पछि उनका अनुयायी भिक्षुहरूले बौद्ध संघ र बौद्ध शिक्षालाई निरन्तरता दिइराखे । उनको महापरिनिर्वाणपछि बुद्धको जीवनसँग जोडिएका स्थान र दिनहरू महत्वका साथ हेरिन थालियो । ती सबैलाई पवित्रताको श्रेणीमा राखियो । त्यसमध्ये पूर्णिमाका दिन र बारहरू उनको जीवन र उनीसँग जोडिएको महत्वपूर्ण घटनाक्रमहरूसँग सम्बन्धित देखिए । त्यस बेलादेखि अहिलेसम्म पनि बुद्ध पूर्णिमाहरू र केही महत्वपूर्ण वारहरूलाई पवित्र दिन, उत्सव र महत्सवका रूपमा मान्दै र मनाउँदै आएको पाइन्छ ।
गौतम बुद्धको जीवनमा वर्षभरका प्राय महत्वपूर्ण पूर्णिमाका दिनहरू जोडिएका छन् । चन्द्रमाको शीतल उज्यालो र रमाइलोपन सबैका लागि मनमोहक हुन्छन् नै । मानिसहरू औंसीभन्दा पूर्णिमालाई मन पराउँछन् । शुभकार्यहरू पनि यसै अवसरमा होस् भन्ने चाहन्छन् । सायद बुद्धका दैनिकी र जीवनका महत्वपूर्ण पक्षहरू उनले चाजोपाजो मिलाएर वा शुभकार्यले शुभदिन चाहेर मिल्न गएको हो त्यसका बारेमा बुद्धले केही भनेका छैनन् र बौद्ध ग्रन्थहरूले पनि खासै बोलका छैनन् । बुद्धको जीवन र भिक्षु, भिक्षुणी र उपासक, उपासिकाहरूका लागि वैशाख पूर्णिमा सबैभन्दा महत्वपूर्ण दिन मानिन्छ । प्राय सबैले यसलाई त्रिसंयोगको दिन पनि भन्दछन् तर यसदिन बुद्धका चार संयोग जुरेको छ ।
गौतम बुद्धको लुम्बिनीमा जन्म, उनले बोधगयामा बोधिज्ञान प्राप्त, कुशीनगरमा महापरिनिर्वाण प्राप्त गरेका पवित्र दिनहरू भनी यस दिन संसारभर बुद्ध पूर्णिमा, बुद्ध जयन्ती मान्ने र मनाउने प्रचलन रहेको छ । तर यसका अतिरिक्त यस दिन गौतम बुद्धले बुद्धत्व प्राप्त गरेपछि यस अधिको आफ्नो दरबार कपिलवस्तु आगमनको प्रथम दिन पनि हो । त्यसैगरी उनीसँग जेठको पूर्णिमाको दिन पनि जोडिएको छ । त्यस दिन भने उनले कपिलवस्तुमा महासमय सूत्र देशना गरेका थिए भनी बौद्ध ग्रन्थहरूले उल्लेख गरेका छन् । संभवतः अहिलेसम्मको जानकारीमा उनले नेपालमा गरेको महत्वपूर्ण देशना पनि यही हो ।
गौतम बुद्धले आफ्नो उपदेश वा शिक्षा आफैंले फैलाउँदै हिँडेका थिए । उनी करिब पैतालीस वर्ष सम्मनिरन्तर हिँडे । यता उनले बोधिज्ञान प्राप्त गरेपछि गयाबाट उनी हिँड्दै सारनाथ हालका वनारस नजिक आए । त्यहाँ उनले आफूले प्राप्त गरेका चार आर्यसत्यको वास्तविकताका बारेमा पहिलोपटक प्रवर्तन गरेका थिए । उक्त प्रवर्तनलाई धर्मचक्र प्रवर्तन भन्ने गरिन्छ । यो उनको बोधिज्ञान प्राप्त गरेपछिको सबैभन्दा महत्वपूर्ण र पहिलो प्रवर्तन हो । जसमा पाँचजना सहभागी थिए । जसलाई साधुका रूपमा उनले पहिले पनि भेटेका थिए । गौतम सिद्धार्थलाई छाडेर हिँडेका थिए तर यसबेला बुद्धको वचन सुनेपछि उनीहरू बुद्धका अनुयायी भए र भिक्षु बने । अर्थात् सिद्धार्थ गौतम बुद्ध भएछन् भनी उनीहरूले माने ।
हुन त त्यस दिनलाई सिद्धार्थ गर्भधारण भएको, गृहत्याग गरेका, त्रातिंश भुवनमा आमालाई उपदेश दिएका थिए भनी पनि मान्ने गरिएको छ । त्यस्तै अशोजका पूर्णिमाको दिन पनि आमासँगका प्रसंगमा अर्को भुवनसँग जोडिएको पाइन्छ । बुद्ध कथाहरूमा अजातशत्रुको कथा निकै महत्वका साथ हेरिन्छ । उनी मगधका एक प्रतापी सम्राट थिए । जसले आफ्नै पिताको हत्या गरी राजा भएका थिए । जसका बारेमा अनेकौं घटनाक्र जोडेर चर्चा गर्ने गरिएको पनि पाइन्छ । त्यही अजातशत्रु सर्वप्रथम बुद्धसँग भेटिएर आफ्नो स्वभावलाई परिवर्तन गरी बुद्धको शरणमा परेका थिए र बुद्धकै अनुयायी बनी बसे । उक्त दिन कात्तिक पूर्णिमाको नि परेको थियो भनी मानिन्छ ।
अजातशत्रुको समयमा बुद्धको महापरिनिर्वाण भएको थियो । बुद्धको अस्थीधातु विभाजनमा उनले पनि भाग पाएका थिए । जसलाई राख्न भव्य स्तुप बनाएका थिए । त्यसबेलाका शक्तिशाली सम्राट भएका कारण र बुद्धको समकालीन अनुयायी पनि भएकाले उनको काम र नाम बौद्ध ग्रन्थहरूमा धेरै ठाउँमा पाउन सकिन्छ । उनले बौद्ध संघ र बुद्ध शिक्षाको विकासका लागि धेरै सहयोग गरेको थिए । त्यसै बेलामा बौद्ध भिक्षुहरूको पहिलो संगति पनि भएको थियो । त्रिपिटकका लागि बुद्ध वचनको संग्रह सुरुवात पनि यही बेलाबाट भएको थियो । त्यस्तै पुस पूर्णिमाको दिन बुद्ध पहिलो पटक राजगृह गएका थिए । त्यस्तै उनले माघ पूर्णिमाको दिन मारलाई आफू परिनिर्वाण हुने वचन दिएका थिए भनी मानिन्छ । फागुन पूर्णमाको दिन भने बुद्धको प्रथम पटक कपिलवस्तुतिर प्रथान गरेको दिन भनी मानिन्छ ।
अजातशत्रुको समयमा बुद्धको महापरिनिर्वाण भएको थियो । बुद्धको अस्थीधातु विभाजनमा उनले पनि भाग पाएका थिए । जसलाई राख्न भव्य स्तुप बनाएका थिए । त्यसबेलाका शक्तिशाली सम्राट भएका कारण र बुद्धको समकालीन अनुयायी पनि भएकाले उनको काम र नाम बौद्ध ग्रन्थहरूमा धेरै ठाउँमा पाउन सकिन्छ ।
त्यसैगरी बुद्ध जीवनका घटनाक्रम बारहरूसँग पनि मिलाएर हेर्ने गरिन्छ । जसअनुसार गौतम सिद्धार्थको जन्म शुक्रबार भएको भनी मानिन्छ । उनी लुम्बिनीको जंगल मार्गमा जन्मेका थिए । उनकी आमा मायादेवी देवदह माइती जाने क्रममा थिइन् । त्यतिखेर माइतीमा गएर बच्चा जन्माउने चलन रहेको देखिन्छ । तराई क्षेत्रमा अहिले पनि केही जातिहरूको पहिलो बच्चा माइतीमै जन्माउने प्रचलन छ । त्यही भएर होला मायादेवी बाटोमा जाँदै थिइन् । त्यही लुम्बिनी अहिले बौद्ध धर्मको पवित्र तीर्थस्थ लबनेको छ भने प्रचीन नेपालको संस्कृति र सभ्यताको संग्रहालय बनेको छ ।
त्यस्तै आइतबारको दिन उनको दाहसंस्कार भएको दिन भनी मानिन्छ । सोमबार उनले गृहत्याग गरेका थिए । अर्थात् कपिलवस्तुको तिलौराकोट दरबार वा राजकुमारको वैभव जीवन सुखभोग छोडेर हिँडेका थिए । तरुनी श्रीमती, भख्खर जन्मेको छोरा, आफ्ना बाबु राजा शुद्धोधन र उनलाई पालनपोषण गर्ने सौतेनी आमा प्रजापति गौतमीलाई पत्तै नदिएर हिँडेका थिए । उनको महापरिनिर्वाणको दिन भने मंगलबार भएको थियो भनिन्छ । बुघबार गौतमले बोधिज्ञान लाभ गरेका थिए । उनी ज्ञानको खोजीमा घर छोडेको करिब छ वर्षसम्म गया क्षेत्रमा भांैताएिका थिए । जब उनले ज्ञान प्राप्त गरे त्यस स्थानलाई बोधगया भनिन थालियो ।
जहाँका एक पिपलको रूखको फेदीमा बसी उनले ज्ञान प्राप्त गरेका थिए । मायादेवीको गर्भधारण गरेका विषयमा विभिन्न कथाहरू पाइन्छ । उनी आमाको गर्भमा प्रवेश गरेका दिन भने बिहीबार थियो भन्ने मानिन्छ । गौतम बुद्धले आफ्नो जीवनको ४५ वर्षसम्म मानव कल्याणको लागि धर्म प्रचार गर्नुभयो । जुन कार्य उहाँ आफैंको नेतृत्वमा भएको थियो । यसअधि र पछिका अरू विशिष्ठ श्रेणीका साधु, गुरु वा माहत्माबाट भएको देखिँदैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच