
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र पाकिस्तानबीचको हात हालाहालको स्थितिमा संयमता अपनाएकोमा खुशी व्यक्त गर्नुभएको छ ।
आज लुम्बिनीमा आयोजित बुद्ध जयन्तीमा समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ओलीले यस्तो खुशी व्यक्त गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘झण्डैझण्डै केही दिन अगाडि मात्रै हाम्रै छिमेक भारत र पाकिस्तानको अलिकति हात हालाहाल भएको थियो तर बढ्न पाएन। संयमका लागि धन्यवाद छ।’
भारत–पाकिस्तानबीच फेरि पनि आरोप प्रत्यारोपको स्थिति रहेको भन्दै उहाँले बुद्धका शान्तिका सन्देशहरूको अर्थ अहिले पनि र जहाँ पनि रहेको बताउनु भयो ।
नेपालले सधैंभरी विश्व शान्तिका लागि काम गर्नुपर्ने बताउँदै उहाँले बुद्धका उपदेशलाई अंगिकार गरेर अघि बढ्नुपर्ने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच