
तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–८ रिस्तीमा आज ज्येष्ठ नागरिकलाई सम्मान गर्नुभएको छ । ढाडे कुलपूजा व्यवस्थापन समितिको आयोजनामा यहाँ भएको पूजाका अवसरमा राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकलाई सम्मान गर्नुभएको हो ।
त्यस क्रममा राष्ट्रपति पौडेलले नौ जनालाई सम्मान गर्नुभएको स्थानीय श्रीहरि पौडेलले जानकारी दिनुभयो । राष्ट्रपति पौडेलले स्थानीयवासीसँग यहाँको विकास निर्माणका विषयमा समेत चासो व्यक्त गर्नुभएको थियो ।
राष्ट्रपति पौडेलको पुख्र्यौली थलो रिस्ती हो । राष्ट्रपति पौडेलले आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच