काठमाडौं । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले सञ्चारमाध्यममा महिलाको अर्थपूर्ण सहभागितामा अझै पनि संरचनागत र सामाजिक अवरोधहरू विद्यमान् रहेको बताउनुभएको छ । इनिसियटिभ्स अफ मिडिया वुमन (आइएमडब्ल्यु)ले आइतबार साँझ बंगलादेशस्थित नेपाली राजदूतावाससँगको सहकार्यमा ढाकास्थित दूतावासकै सभाहलमा आयोजना गरेको पत्रकारबीच अन्तरक्रियतात्मक कार्यक्रमको औपचारिक सत्रमा उपसभामुख रानाले यस्तो बताउनुभएको हो ।
उहाँले एक सामाजिक कार्यकर्ताका रूपमा आफ्ना अनुभव साझा गर्दै महिला पत्रकारले अझै भोग्न परेका चुनौतीहरू हटाउन संयुक्त प्रयास आवश्य भएको बताउनुभयो । उहाँले विगतको तुलनामा मिडियाक्षेत्र प्रगतिशील हुँंदै गइरहेको र अभै थप विकासमा पहल गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले महिला पत्रकारले बञ्चित तथा आवाजविहिन समुदायका विशेष कथाहरू उजागर गर्न खेलेको महत्वपूर्ण भुमिकाको प्रसंंशा गर्नुभयो । उहाँले नेपाल र बंगलादेशका महिला पत्रकारलाई एकसाथ ल्याएकोमा आइएमडब्ल्युलाई विशेष धन्यवाद व्यक्त गदै यस्ता कार्यक्रमले जनस्तरमा सम्बन्ध प्रगाढ बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा इनिसियटिभ्स अफ मिडिया वुमन (आईएम डब्ल्यु) का अध्यक्ष लक्ष्मी भण्डारीले सञ्चार क्षेत्रमा कार्यरत महिला पत्रकारले गर्दै आएका प्रायसका बारेमा जानकारी गराउनुभयो ।
कार्यक्रममा दक्षिण एशियाकै सबैभन्दा ठूलो महिला समाजिक संस्था ‘ठेंगमरा महिला सबुज्ज संघ (टिएमएसएस)’ की संस्थापक तथा कार्यकारी निर्देशक प्राडा.हुस्ने आरा बेगमले नेपाल र बंगलादेशका महिला पत्रकारबीच यस किसिमको अन्तक्र्रियात्मक छलफल कार्यक्रम पहिलोपटक भएको बताउँदै खुशी व्यक्त गर्नुभयो । सो अवसरमा दुई देशका ५० भन्दा बढी महिला पत्रकारले कार्यक्षेत्रमा देखिएका समस्या र त्यसको समाधानका विषयमा छलफल गरेका थिए ।







भारतले नेपाललाई दैनिक ६५४ मेगावाट
प्रधानमन्त्री राहत कोषमा रु १३
छापा माध्यमको संकट र अनलाइन
रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८
उदितनारायणको परिवारद्वारा विपद् कोषमा पाँच
अस्पतालको गेटमै प्रसूति गराउने बवितालाई