यहाँ समाचारको तीन बुँदे सारांश प्रस्तुत गरिएको छ:
- संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रिप्रसाद पाण्डेले निजी क्षेत्रलाई लगानीमैत्री वातावरण बनाउन सरकारले हरतरहबाट सहयोग गर्ने बताउनुभएको छ।
- मन्त्री पाण्डेले निजी क्षेत्रले पर्यटन लगायत विभिन्न क्षेत्रको विकासमा पुर्याएको योगदानको चर्चा गर्दै सरकार एक्लैले समृद्धि हासिल गर्न नसक्ने बताउनुभयो।
- उहाँले निजी क्षेत्रलाई इमान्दारीपूर्वक कर तिर्न, उपभोक्तालाई मर्का नपर्ने गरी नाफा लिन र श्रमिकलाई उचित पारिश्रमिक दिन आग्रह गर्नुभएको छ।
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रिप्रसाद पाण्डेले निजी क्षेत्रलाई लगानीमैत्री वातावरण बनाउने सरकारले हर तरहबाट सहयोग गर्ने बताउनुभएको छ ।
सोमवार नवलपुरको गैँडाकोटमा निर्माण गरिएको इला होटल तथा आइएमई हस्पिटालिटीको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कुनैपनि देशको विकासका लागि निजी क्षेत्र अगाडि बढ्नुपर्ने बताउनु भयो । उहाँले सरकारको मात्रै लगानीले समृद्धि प्राप्त नहुने बताउनु भयो । उहाँले पर्यटनको क्षेत्रमा सरकारले लगानी गर्न नसक्ने बताउनु भयो । उहाँले निजी क्षेत्रले केवबलकार, एयरलाइन्सलगायत पर्यटनको क्षेत्रमा लगानी नगरेको भए पर्यटकीय क्षेत्रको विकास अहिलेको गतिमा हुन नसक्ने बताउनु भयो । निजी क्षेत्रलाई लगानीमैत्री वातावरणका लागि कानून निर्माणलगायतका काम सरकारले गर्नेपर्ने उहाँको भनाइ छ । उहाँले सरकारले हालै ल्याएको अध्यादेश र त्यसपछि बनेको ऐनले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘निजी क्षेत्र अगाडि नसरीकन कुनै पनि देशको विकास भएको छैन । कुनैपनि देशलाई अगाडि बढाउने, विकसित गराउने र समृद्धिको बाटो पक्रिने हो भने सरकारको पैसाले मात्रै पुग्दैन । सरकारको पैसाले सम्पूर्ण कुरा हुनै सक्दैन । अझ पर्यटन क्षेत्रको कुरा गर्ने हो भने केबलकार स्थापना गर्नुपर्यो भने सरकारबाट सम्भव छैन । होटल स्थापना गर्ने कुरा सरकारले गर्ने कुरा होइन । अरु पनि एयरलाइन्स बुद्ध एयरलगायतका एयरलाइन्सहरुले यदि प्लेन नउडाइदिएको भए हाम्रो आजको गति सम्भवै थिएन । निजी क्षेत्रले सहज बनाइ दिएको छ नागरिक उड्यनको क्षेत्रमा । त्यसैले हामीले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ । निजी क्षेत्रलाई कुन प्रकारको ऐन, कानून र नीतिले सहयोग पुर्याउने हो, लगानीमैत्री वातावरण बनाउने हो । लगानीमैत्री बनाउन के प्रयास गर्नु पर्ने हो गर्नुपर्छ । भर्खरै हामीले ल्याएको अध्यादेश र त्यसपछि बनेको ऐनले धेरै सहजता ल्याएको छ । अझ सहजता ल्याउनका लागि के गर्नु पर्छ हामी तत्परताका साथ लाग्नु पर्छ ।’
मन्त्री पाण्डेले निजी क्षेत्रले व्यवसायबाट आर्जित रकमबाट इमान्दारितापूर्वक राज्यलाई कर तिर्नुपर्ने बताउनु भयो । उहाँले कर छली, बढी नाफा लिनेलगायतको मनशायबाट निजी क्षेत्र टाढै बस्नु पर्ने बताउनु भयो । उहाँले श्रम, पसिना तथा बौद्धिकता लगाएर काम गर्ने श्रमिकहरुलाई समयमै उचित पारिश्रमिक दिनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘निजी क्षेत्रले सरकारलाई कर दिने कुरामा इमानका साथ कर कुनैपनि प्रकारको छलिको कुनै बाटो नखोजीकन कर सरकारलाई तिर्नु पर्छ । उपभोक्ताहरुलाई न्युनत्तम नाफा लिएर आफूलाई चाहिने आवश्यक नाफा लिएर अधिकत्तम उपभोक्तालाई मारमा नपार्ने गरी न्युनत्तम नाफा लिने बाटो आचार संहिताभित्र निजी क्षेत्र बस्नु पर्छ । निजी क्षेत्रले काम दिएका मानिसहरु जो श्रम गर्छन जसले पसिना बगाउँछन् आफ्नो बौद्धिकता लगाउँछन् ति मानिसहरुलाई श्रमको उचित मूल्य दिनुपर्छ ।’
मन्त्री पाण्डेले धर्म दानले चल्ने, निजी क्षेत्र नाफाले चल्ने र राज्य राजश्वले चल्ने भएकाले यी तीन कुरामा चिन्तन मनन गरेर अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि