
काठमाडौं । चलचित्र ‘के घर के डेरा : घर नं २’ शहरको मौलिक कथा भएको यसका कलाकार तथा निर्देशकले बताएका छन् । निर्देशक दीपेन्द्र के खनाल, अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री केकी अधिकारीले शहरको मौलिक कथामा ‘के घर के डेरा : घर नं २’ बनेको बताउनुभयो । गाउँका कथामात्रै मौलिक कथा होइन भन्ने बुझ्न जरुरी रहेको अभिनेता खगेन्द्रको तर्क छ । शहरका कथा पनि मौलिक हुनेमा उहाँको जोड छ ।
‘नेपालीका कथा सबै मौलिक हुन्, चोहे त्यो गाउँको कथा होस् वा शहरको’, शुक्रबार पत्रकारसँगको अन्तक्र्रियामा उहाँले भन्नुभयो, ‘गाउँ आएर शहरमा संघर्ष गर्ने तर प्रत्यक्ष कनेक्सन गाउँसँग भएका कथामात्रै मौलिक कथा हुन् भन्ने गलत भाष्य छ । यो तोडिनुपर्छ ।’ शहरमा धनी मान्छेमात्रै बस्छन् भन्ने गलत बुझाइरहेको उहाँ बताउँनुहुन्छ । ‘शहरमा गाउँको भन्दा चरम गरिबी पनि छ । शहरी गरिबी झन् डरलाग्दो छ’, उहाँ भन्नुहुन्छ, ‘काठमाडौंमा बिजुलीको बिल तिर्न नसक्ने घरभेटी पनि छन् । त्यसैले शहरका कथा पनि हाम्रै हुन् ।’
निर्देशक दीपेन्द्र के खनाल सीमित क्षेत्रफलभित्र ठड्याइएको भौतिक संरचनामात्रै घर होइन । घर बन्न इमोसन र सम्बन्ध चाहिने उहाँको भनाइ छ । ‘गाउँमा सर्भाइभ गर्न सहज छ । सबैले सबैलाई चिनेको हुन्छ । सहयोग गर्छ । तर, शहरमा कसैलाई चिन्दैन । घर टाँसिएका छन् । मन टाँसिएको हुँदैन’, त्यसैले मेरा अधिकांश सिनेमा शरहका कथामा हुन्छन् । मलाई शहरका कथा भन्न मन लाग्छ । यी सबै कथा मौलिक हुन् । मौलिक सिनेमा हुन् ।’
आफ्नै छुट्टै कथा र आर्कमा ‘के घर के डेरा : घर नं २’ बनेको उहाँले बताउनुभयो । पशुपतिको केही दृश्य देखिए पनि धेरै कथा पशुपतिमा नभएको उहाँले प्रष्ट पार्नुभयो । अभिनेत्री केकी अभिकारीले अग्र्यानिक कथा भन्नबित्तिकै गाउँकै कथा र गाउँकै सेटअप भन्ने भाष्य रहेको भन्दै यो गलत बुझाइँ भएको बताउनुभयो । ‘अमेरिकामा बसेर नासामा काम गर्ने नेपालीको कथा पनि नेपाली मौलिक कथा हो । नेपाली साइन्स फिक्सन पनि नेपाली कथा हो’, उहाँले भन्नुभयो, ‘अब गाउँमात्रै होइन यतातर्फ पनि कथा भनिनुपर्छ । गाउँ, शहर, विदेशका नेपालीका कथा पनि हाम्रै हुन् ।’
‘के घर के डेरा : घर नं २’ को आत्मा लेखक र निर्देशक रहेको उहाँले बताउनुभयो । साहित्यको नजिक रहेका कथा लेख्न बुद्धिसागर र सबैले मन पराउने कथा भन्ने निर्देशक नै सिनेमाको मुख्य पक्ष र आकर्षण भएको उहाँको भनाइ छ ।
एउटै छतमुनि आइपुगेका हरेक पात्रको कथा भए पनि कसरी एउटै कथासँग कसरी जोडिन्छन्, त्यो नै सिनेमाको महत्वपूर्ण पक्ष भएको उहाँले बताउनुभयो । ‘के घर के डेरा : घर नं २’ ले जेठ २ गतेदेखि सिनेमाघरमा आउँदैछ । चलचित्रको कथा साहित्यकार बुद्धिसागरले लेख्नुभएको छ । उहाँको यो पहिलो स्क्रिप्ट हो ।
चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, सिर्जना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ । चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो । कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको छ । ‘के घर के डेरा : घर नं २’को कार्यकारी निर्माताको रूपमा युवराज कार्की हुनुहुन्छ । निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच