
हिन्दु संस्कृति तथा दर्शन अत्यन्त समृद्धिशाली मानिन्छ । प्राचीन ऋषिमुनिहरूको व्यापक चिन्तन र मननबाट संसारलाई ठूलठूला उपलब्धि दिएर गए । तिनले संसार प्रकृति, समाजबारे चिन्तन गरेर नै चार हजार वर्षभन्दा पूर्ववैदिक संहितामा ब्रहृमाण्ड अन्य घटकबीचको सम्बन्ध मापदण्ड व्यवस्था बुझ्ने-बुझाउने प्रयास गरे । बैद्धिक संहितामा रहेको ऋग्वेद जस्तो महान् ग्रन्थ निर्माण गरेर मानव जगतलाई यथार्थ मार्ग प्रदर्शन गर्न खोजे । मानव सम्बन्ध प्रथा र मान्यताहरूको विस्तृत विवरण उपनिषद्कालमै जानकारीमा आएको थियो । उक्त समयमै आचारसंहिताको व्याख्या गरिएको पाइन्छ । आचारसंहिता लौकिक पारस्पारिक सम्बन्धमा आचरणको नियमसमेत बताइएको छ ।
उपनिषद्मा आचार नियमलाई धर्म मानिएको छ । धर्म शब्द कानुन, नियम धर्म पालना गर्नुपर्ने साथै पुनर्जन्म, संस्कार तथा कर्मफल आदिका धारणा उल्लेख गरिएका छन् । वेद र उपनिषद् निर्माणपछि व्यावहारिक जीवनमा ठूलो प्रभाव पर्यो । यसै आधारमा कानुन निर्माण र व्याख्यासमेत गरियो । मनुष्य नै मानव धर्मको रूपमा देखापर्यो । राज्यमा अनुशासन नियन्त्रणको कडी स्थापित भयो । राजाको काम वर्ण व्यवस्था र धर्म रक्षा गर्ने जिम्मा आयो । धर्मको अर्थ र व्याख्या गर्ने जिम्मा ब्राहृमणलाई दिइयो । चाणक्यले राजनीति तथा प्रशासकीय कार्यमा र राजकीय निर्देशनलाई आवश्यक ठाने । चाणक्यले निर्णायक तत्वमा धर्मभन्दा राजनीति हितका लागि हुनुपर्ने धारणा बताए ।
हाम्रा पौराणिककालदेखिका ऋषिमहर्षिको अथक प्रयासको फल स्वरूप पूर्वीय सभ्यताको धरोहरका रूपमा गुरुकुल शिक्षा पद्धति प्रतिपादित हुनगयो । जुन पद्धतिमा गुरु र चेलाबीचको सम्बन्ध बाबु-छोराछोरी, आमा-छोराछोरीको सम्बन्धभन्दा पनि निकटता देखिन्थ्यो ।
हाम्रा प्राचीन ऋषिमुनिहरूले कठिन त्याग र तपस्याबाट धेरै उपलब्धि समाजलाई दिएर गएका छन् । तिनले धर्म, संस्कृति तर्कद्वारा प्रमाणित सत्यको खोजी गर्दै स्वतन्त्र रूपमा वृद्धि, तर्क सृष्टि, समाजमा निश्चित नियम पालना र धर्मप्रतिको विश्वास जगाई मानव समाजलाई सही मार्ग दर्शन गरे । गुुुरुकुल शिक्षा व्यवस्थाको आरम्भ, शिक्षा जीवनका अभिन्न अंग मान्दै यो लोक र परलोकस पहिल्याउन ध्यान, निष्ठा, सतकर्म आदिबाट प्राप्त हुने सहज बाटो पहिल्याउने काम गरे । हिन्दु संस्कार शास्त्र, नीतिनियमका रूपमा स्थापित जिउने कला अति उच्च कोटिको मार्ग देखाए ।
हाम्रा पौराणिककालदेखिका ऋषिमहर्षिको अथक प्रयासको फल स्वरूप पूर्वीय सभ्यताको धरोहरका रूपमा गुरुकुल शिक्षा पद्धति प्रतिपादित हुनगयो । जुन पद्धतिमा गुरु र चेलाबीचको सम्बन्ध बाबु-छोराछोरी, आमा-छोराछोरीको सम्बन्धभन्दा पनि निकटता देखिन्थ्यो । हाम्रो अनादिकालदेखि नै शिक्षा व्यवस्थामा बालबालिकालाई माया गर्ने र बालमैत्री शिक्षाको थालनी भइसकेको थियो । कलिलै उमेरदेखि बालबालिकामा आफ्ना आमाबाबुको काख छाडेर गुरुकुल आश्रमबीच रमाउथे । यो प्राचीन शिक्षा प्रणालीको अनुकरणीय पक्षका रूपमा लिन सकिन्छ ।
आजको शिक्षा अर्थप्रधान बन्दै आएको छ । जसले गर्दा सेवाभन्दा स्वार्थ र मायाभन्दा लालचाले ठाउँ लिँदै आएको छ तर गुरुकुल शिक्षा पद्धतिमा धनआर्जनको अभिलाषा होइन केवल विद्यादानको चाहना हो । विद्या लिने/दिने दुवैमा असल संस्कार लगन र समर्पण भाव थियो । त्यतिबेला विनादक्षता, विशेषज्ञता बेगर कुनै पनि व्यक्ति गुरु बन्न सक्दैनथे । त्यहाँ चित्तवृत्तिको निरोध नै योग थियो । योग मानवजीवनको महत्वपूर्ण पक्ष हो भन्ने कुरा आज पनि महसुस गरिँदैआएको छ । ऋषि, महर्षिहरूले महायोग साधना गर्दथे । त्यसैले उनीहरू दीर्घजीवी भएका र महादेव शिव भगवान नै यस महायोगका आदि पुरुष मानिन्छ ।
हाम्रा प्राचीन संस्कार र नीतिनियमबाटै जीवन जिउने कथामात्र नभएर सम्पूर्ण ब्रहृमाश्रीय ज्ञानलाई हासिल गर्नसक्ने क्षमता दिलाउँदछ । पूर्वीय दर्शनमै आधारित हाम्रा नीतिनियम बन्नसके वर्तमानमा बढ्दो रोग, शोक, हिंसाहत्या र द्वन्द्व भ्रष्टाचारका अन्त्य थिए । आधुनिक शिक्षामा पनि गुरुकुल शिक्षाको सकरात्मक पाटो पनि समावेश हुनु उपयुुक्त देखिन्छ । गुरुकुल शिक्षा पद्धतिबाट प्राप्त ज्ञानलाई चेलाले व्यवहारमा उतार्न भने सक्नुपर्दछ । गुरुका शास्त्रसम्मत त आचरणतर्फ शिष्यले देख्न र सिक्नसक्ने हुन्थ्यो । यस किसिमको शिक्षा साधाना प्रधान हो । विद्यार्थीले आफूले जानेको जतिको ज्ञानलाई व्यवहार उतार्न भने सक्नुपर्नेहुन्छ । यो हिजो पनि यही आज त्यही हो, भोलि त्यसै हुनेछ । विद्यार्थीले आफूले जानेका ज्ञान र सीपलाई सबैको उपयोग हुनेगरी बाँड्न भने जान्नुपर्छ । आदि पाएको ज्ञान, सीप व्यवहारमा प्रयोग भएन भने त्यसको कुनै सार्थकता रहँदैन । मानिसले सिकेको ज्ञान र सीप व्यवहारमा प्रयोग गर्नका साथै जनहितका कार्यमा लगाउँदै र पुस्तान्तरणमा हस्तान्तरण हँुदैन भने उसको अवसानसँगै अन्त्य हुन्छ ।
गुरुकुल शिक्षा पद्धतिको सबल पक्षसँगै समाहित गर्दै विद्यमान विकृति निराकरण गराउन तागतका रूपमा लिन सकिन्छ । हाम्रो पूर्वीय सभ्यता र संस्कृतिप्रतिको मोह घट्दै जानलागेको अवस्थामा पश्चिमा जगतमा भने यसकै सार्थक पक्षलाई अंगिकार गर्न थालेको आभास हुनथालेको छ ।
गुरुकुल शिक्षा पद्धतिको सबल पक्षसँगै समाहित गर्दै विद्यमान विकृति निराकरण गराउन तागतका रूपमा लिन सकिन्छ । हाम्रो पूर्वीय सभ्यता र संस्कृतिप्रतिको मोह घट्दै जानलागेको अवस्थामा पश्चिमा जगतमा भने यसकै सार्थक पक्षलाई अंगिकार गर्न थालेको आभास हुनथालेको छ । विश्वलाई अशान्ति र हिंसाबाट जोगाउन पनि पूर्वीय संस्कृति र सभ्यताको सुगन्ध सर्वत्र फैलाउन जरुरी छ । आज अधिकांश मानिसका बोली र व्यवहारमा भिन्नता छ, अनेक किसिमका विभेद छन् । अनेक स्वार्थ र लापरबाही गर्दैछन् । यसरी मनमा, वचनमा, कर्ममा फरक हुने मान्छे दूरात्मा हुन् । मनमा, वचनमा र कर्ममा एउटै भावना हुने मान्छे महात्मा हो । सुसंस्कारी मान्छे नै समाजको असल नागरिक हो भन्ने जस्ता कुरा आध्यात्मक संस्कारबाटै आउने हुँदा यस किसिमका सोच र चिन्तन पूर्वीय संंस्कार, संस्कृतिमा यथोचित तरिका व्याख्या र वर्णन गर्नुका साथै ज्ञान र सीप प्रदान गरेको शिक्षा नै गुरुकुल शिक्षा पद्धति हो ।
देश प्रेमको भावना अनादिकालदेखि पूर्वीय सभ्यताले अंगिकार गर्दै आएको छ । हाम्रो बैद्धिककालदेखिको भावना हो ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’को भावना । यसैगरी विश्वबन्धुत्वको भावना हो वसुदैव कुटुम्बकम् । यसरी हाम्रो प्राचीन सभ्यतादेखि देशभक्तिको भावनासँगै विश्वबन्धुको ममता अनुकरण गराउँदै आएको पाइन्छ । विश्व आधुनिक शिक्षाले धनोपार्जन उन्मुख गराउँदछ भने गुरुकुल शिक्षाले लोककल्याणको मार्ग पहिल्याउँदछ र सेवाभावनाले ओतप्रोत छ । हुन त आजको शिक्षाले प्राकृतिक स्रोतसाधनलाई अनुसन्धान, अन्वेषण र पहिचान गरी सही ढंगले उपयोगमा ल्याउने खालको हुनुपर्दछ । यो शिक्षाले आफ्नो समाज र देशमा सद्भावना जगाउने हुनुपर्दछ ।
शिक्षा नै मानिसको सिर्जनाको मूल हो । यही शाश्वत सत्यलाई स्वीकार्दै संयुक्त राष्ट्र संघले सन् १९४८ को सेप्टेम्बरमा मानव अधिकारसम्बन्धी घोषणापत्रको दफा २६ मा प्रत्येक मानिसलाई शिक्षा पाउने अधिकार छ भनी पारित गर्यो । यसैगरी सबै सदस्य राष्ट्रहरूले तदनुरूप अनुशरण गर्दै आएका छन् । नेपालले पनि परिपालन गर्दै आएको छ । गुणस्तरीय शिक्षाको विकास र विस्तारसँगै सर्वसुलभ शिक्षा व्यवस्थामा सरकारको ध्यान केन्द्रित हुनु जरुरी छ ।
नीतिगत रूपमा जति राम्रो देखिए तापनि कार्यान्वय गर्दा व्यवहारमा सफलता हुन्छ त्यो जाँच्ने कसी हो । मतलब कार्यान्यनबाट सफलता जाँच्ने कसी हो । सैद्धान्तिक रूपमा जति सुकै प्रबल शिक्षा नीति तथा कार्यक्रम भए तापनि व्यवहामा आउने परिवर्तनले त्यसको नतिजा ठीक–बेठीक छुट्टाउन सक्दछ । यसर्थ नीतिगत निर्णयले समस्या समाधान हुन सक्दैन । शिक्षा प्रणालीलाई युग सापेक्ष ढंगले गहिरो चिन्तन् मनन्को खाँचो छ । हामीले हाम्रा विगतका त्रुटि र कमजोरीबाटै सवक सिकी भोलिका लागि सही मार्ग पहिल्याउनुपर्दछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच