
यही वैशाख २६ गते यस लोकप्रिय राष्ट्रिय दैनिक पत्रिका हिमालय टाइम्समा लेखक ओम अर्यालको ‘राजशाहीकालमा जन्मेका’ शीर्षक लेख मलाई उत्कृष्ट लाग्यो । नेपालमा विसं २००७ सालदेखि ०६२/०६३ सालसम्म शाहीकालले धेरै नेताहरू जन्माएको इतिहास छ । नेपालमा मात्र नभई संसारका शाही शासन भएको मुलुकहरू पनि नेताहरू जन्मेका थिए भन्नेमा द्विमत छैन । पौराणिककालमा श्रीकृष्ण र श्रीरामलाई जन्माएका थिए तर उनीहरूले राज्य चलाएका थिएनन् । तर, हाम्रो देशमा राजा वीरेन्द्रको वंश समाप्त भएपछि निरन्तरतामा ज्ञानेन्द्रले शासन चलाएका थिए । गणतन्त्र स्थापनापश्चात देशमा सदाका लागि निरंकुश शासनको अन्त्य गरियो ।
शाहीकालमा जन्मेका नेताहरूले बुझेनन् कि शाही परिवार कुनै बेला सल्बलाउन सक्छन् भनेर । त्यस्तै अवस्थामा पौराणिककालमा जन्मेका श्रीकृष्ण र श्रीरामले राजसिंहासन नलिएर शाही परिवारका सक्षम व्यक्तिलाई शासन सुम्पिएर महान् कार्य गरेका थिए । यो कुरा बुझेर स्व. गिरिजाप्रसाद कोइरालाले गणतन्त्र निर्वावाद रहोस् भनेर नै बेविकिङ्गको कुरा उठान गरेका थिए । तर, ज्ञानेन्द्रले आपैंm सिर्जना गरेको मानव अधिकार हनन्, प्रेस स्वतन्त्रता नहुनु, वाक स्वतन्त्रता नहुनु, भ्रष्टाचारले सीमा नाघ्नु, हत्या-हिंसा, बलात्कार जस्ता जघन्य अपराध गरेर नै नेताहरू जन्मन बाध्य भएका हुन् ।
राजशाहीकालमा जन्मिएका नेताहरूले तानाशाहाविरुद्ध विद्रोह गरेर नै अहिलेको व्यवस्थाका नेतृत्व गरिरहेका छन् । नेपालका राजनीतिक दलहरूले आफ्नो पार्टीको क्षमता बमोजिम नेतृत्वको जिम्मेवारी गर्दै आइरहका छन् । यी पुराना नेताहरूले राजशाहीकालका विकृति, विसंगतिका बारेमा अध्यायन, अनुभवबाटै यसलाई मध्यनजर गरेर नै गणतन्त्रमा सुशासन, समृद्धि, भ्रष्टाचारबाट मुक्त र विकासोन्मुख हुन्छ भनेर जनता र नेताहरू पनि मुक्त हुन्छन् भनेर सोचेका थिए । फलस्वरूप गणतान्त्रिक व्यवस्थामा सोचेनुसार हुननसक्नु एमाले र कांग्रेस पार्टीहरूको कमजोरी हो । त्यसलाई अनुशरण गर्दै अहिलेको गठबन्धन सरकारले तानाशाहीलाई झल्को दिनेगरी राज्य सञ्चालन गर्दै आइरहको छन् भन्ने कुरा शोषित पीडित जनताहरूले बुझिसकेका छन् ।
केही वर्ष पहिले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा गृप्तचर विभागमा २५ अर्ब सिधै ठेक्का व्यवस्था आफ्नो मातहतमा राखेर शक्तिमान बन्न खोज्नु र अर्कोतर्फ निर्मलाको बलात्कारपछि हत्या, ३३ किलो सुनकाण्ड, एनसेल काण्ड, वाइडवडी भ्रष्टाचार, गिरि बन्धु-टी र बालुवाटार जग्गा बिक्रीलगायत मुद्दामा दोषीलाई कारबाही गर्न नसक्नु, न्याय क्षेत्रमा पनि आफ्नो प्रभाव पार्दै जानु शाहीकालमा जन्मेका यस्तो घृणित कार्य गर्नु कांग्रस र एमालेका लागि दुर्भाग्यपूण हो । दुई ठूला दलकै कारण आज देशमा शिक्षक आन्दोलन, राजावादी आन्दोलन, चिकित्सक आन्दोलन, शहकारी पीडित आन्दोलन गर्दै आइरहेका छन् । तिनीहरूको माग सम्बोधन गर्न नसक्नु अहिलेको सरकारको नालायकीपन हो ।
यसको प्रमुख जिम्मेवारीमा राजशाहीकालमा जन्मिएकाहरू हुन् । यदि जनताले मूल्यांकन गरेको खण्डमा एमाले र कांग्रेसका नेताहरूले राज्य सञ्चालनमा कुनै सुधार गर्न सकेनन् भने गणतन्त्रले नै नेताहरू जन्माउनेछन् । र, देशमा सामाजिक न्याय, भ्रष्टाचारमुक्त, सुशासन र आर्थिक समृद्धिका लागि शाहीकालमा जन्मिएका भन्दा गणतन्त्रमा जन्मिएकाहरूले राज्य सञ्चालनमा महान् कार्य गर्न सक्छन् भन्ने हामी सबैले बुझ्न जरुरी छ । बारा, हाल, काठमाडौं, गोठाटार
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच