
हामी नेपालीहरू राजनीतिक निकास सँगसँगै विकासको खोजीमा लामो समयदेखि भौंतारिइरहेका छौं । त्यस क्रममा व्यवस्था परिवर्तनलाई हामीले एकमात्र समाधान ठान्यौं । त्यसैले हामी व्यवस्था परिवर्तनका सन्दर्भमा राणा, पञ्चायत, संवैधानिक राजतन्त्र हुँदै अहिले गणतन्त्रसम्म आइपुगेका छौं । गणतन्त्रको नाममा अहिले नेतातन्त्र थोपरिएको छ । गणतन्त्र शब्द जनतालाई सोस्ने र नेतालाई पोस्ने साधन भयो । व्यवस्था परिवर्तनमा हामी विश्वमा नै उम्दा ठहरिँदै गर्दा जनताको अवस्था परिवर्तनमा व्यवस्था परिवर्तन गर्नेहरू सबै पूर्णतः असफल प्रमाणित भए । यो नेपाल र नेपालीको दुर्भाग्य हो । व्यवस्था परिवर्तनमा हामीले फड्को मार्यौं तर जनताको अवस्था परिवर्तनमा परिवर्तीत व्यवस्था सधैं असफल किन ?
अब यो बहस अत्यावश्यक छ । वास्तवमा जनताको अवस्थामा परिवर्तनको फड्कोको चाहना गर्नेका लागि वर्तमान अवस्था निराशाको पराकाष्ठा हो । व्यवस्था परिवर्तनको फड्कोको लाभको प्रमुख हिस्सेदार जनता हुन तर अहिले तीन पार्टीका नेताहरू सिद्धान्त र आस्थालाई बिर्सेर पालैपालो गठबन्धनका माध्यमले निर्लज्जताका साथ सत्ता प्रकारान्तरले भ्रष्टाचारको आधिकारिक हिस्सेदार भएका छन् । तीन पार्टीका नेतामा भित्री साँठगाँठ र बाहिर द्वन्द्व देखाउने अनौठो चरित्र छ । सधैं हुने साँठगाँठ र गठबन्धन आदि यिनीहरूको देश र जनता लुट्ने रणनीति र भुलभुलैया हो । जनता विभिन्न पार्टीमा विभाजित छन् । जनताको आवाज र विरोधलाई विभाजित गर्न पार्टीको नेतृत्व गर्ने सफल भए ।
योग्य र सक्षम नजराना दिएर निर्वाचनमा प्रतिस्पर्धा गर्दैनन् । जो नजराना दिन सक्षम छन् तिनीहरू योग्य हुँदैनन् । नजरानाको आधारमा वितरीत टिकटले सबै पार्टीका अयोग्यबीच प्रतिस्पर्धा हुन्छ । हाम्रो जनप्रतिनिधि जुन विजयी भए पनि अयोग्य नै हुन्छन् ।
परिणामस्वरूप देश र जनता असफल भए । फुटाउ र राजगर भन्ने नीतिलाई यिनीहरूले अक्षरसः अवलम्बन गरेकाले जनता विरोधमा तत्काल ऐक्यबद्ध हुने अवस्था छैन । जो सत्तामा छ ऊ निर्धक्क भ्रष्टाचारमा मस्त छ । भ्रष्टाचारको छानविन र कारबाही गर्ने निकायका प्रमुखहरू यिनीहरूकै अरौटेभरौटे नियुक्त हुन्छन् । तसर्थ यिनीहरू आफूलाई कानुनभन्दा माथि ठान्दछन् । जनताले यिनीहरूलाई सवा दिने निर्वाचनमा हो, नेतृत्व पंक्तिबाट वितरण हुने उम्मेदवार बन्ने टिकट भ्रष्ट नेताहरूको कब्जामा भएकाले योग्य र सक्षम व्यक्तिले निर्वाचनमा प्रतिस्पर्धी बन्न टिकट नै पाउँदैनन् । सक्षम र योग्य उम्मेदवारले नेतृत्वलाई नजराना दिँदैनन् । नजरानाविना कुनै पार्टीले निर्वाचनको टिकट दिँदैनन् ।
योग्य र सक्षम नजराना दिएर निर्वाचनमा प्रतिस्पर्धा गर्दैनन् । जो नजराना दिन सक्षम छन् तिनीहरू योग्य हुँदैनन् । नजरानाको आधारमा वितरीत टिकटले सबै पार्टीका अयोग्यबीच प्रतिस्पर्धा हुन्छ । हाम्रो जनप्रतिनिधि जुन विजयी भए पनि अयोग्य नै हुन्छन् । जनताको उत्थानमा अयोग्यहरू निर्वाचित भएपछि भ्रष्टाचारमा उत्कृष्ट योगदान दिने स्वाभाविकै हुन्छ । त्यसैले नजरानाको आधारमा टिकट पाउने र विजय प्राप्त गर्ने सबै पदधारी भ्रष्टाचारमा लिप्त हुन्छन् । परिणामस्वरूप नेपालमा अहिले सबैभन्दा भरपर्दाे पेशा भ्रष्टाचार भएको छ । स्वतन्त्र उम्मेदवारका रूपमा पार्टी व्यवस्थामा निर्वाचन जित्न असम्भव प्रायः छ । झुक्किएर निर्वाचित भइहाले पनि सबै पार्टी स्वतन्त्रलाई असफल बनाउन बालेनलाई झैं घेराबन्दीमा पार्छन् ।
बालेन जस्तो लोकप्रिय र योग्य साथै क्षमतावान व्यक्तिलाई असफल बनाउँदा भोलि स्वतन्त्र उम्मेदवार बन्ने आँट कसैले नगरून् भन्ने ध्येयले अहिले प्रमुख पार्टीहरू सबैको निसानामा र घेराबन्दीमा बालेन साह छन् । बालेन साहको घेराबन्दी भनेको प्रकारान्तरले सुशासन, विकास र समृद्धि रोक्ने प्रयत्न हो । दुर्भाग्य जो विकास र समृद्धिको बाधक छ ऊ नै विकास र समृद्धिको स्वघोषित प्रवक्ता छ । राजनीतिक परिवर्तन जनतामुखी हुनुपर्ने हो तर परिवर्तन अहिले नेता मुखी बन्यो । यी सबै परिवर्तनहरूको लक्ष्य र गन्तव्य राजनीतिक निकास हो । राजनीतिक निकासको अर्थ संविधान परिवर्तन र शासन गर्ने पात्रहरूको परिवर्तनमात्रै होइन ।
गन्तव्य जनताको आर्थिक, सामाजिक, राजनीतिक उत्थानसँग सम्बन्धित छ । अझ समग्रमा भन्नुपर्दा सुशासन, शान्ति र प्रगतिको अनुभव र अनुभूति जनताले प्रत्यक्ष गर्न पाउने प्रत्याभूतिको ग्यारेन्टी हो राजनीतिक निकास । जनताको आर्थिक विकासका सम्भावनाको यथेष्ट अवसरविना राजनीतिक निकास असम्भव छ । राजनीतिक निकासको प्रत्यक्ष सम्बन्ध विकास र समृद्धिसँग मात्रै नभएर सुशासन र जनताको खुशीयाली प्रबर्धनसँग सम्बन्धित विषय हो । जहाँ भ्रष्टाचार र कुशासनको बिगबिगी छ त्यहाँ जनतामा चरम असन्तुष्टि हुन्छ भने भ्रष्टाचारले किर्ना झैँ ढाडिएका नेता सन्तुष्ट हुन्छन् ।
जनताको सन्तुष्टिलाई नेतृत्वले जहाँ बेवास्ता गर्छ त्यहाँ विकास र सुशासनको खिल्ली उडाउनुमै राजनीतिक नेतृत्वले सफलताको अनुभूति गर्छ । फेरिने शासक र फेरिएको संविधान आफैंमा राजनीतिक निकास हो भन्ने व्याख्या र विश्लेषण जनता ठग्ने अस्त्र हुन् । धेरै राजनीतिक परिवर्तनका भोटा फटायौं । दशकपिच्छे हुने परिवर्तनका भोटाका कारण नेतृत्वसँगको विश्वास धस्सिएको छ । विश्वास नै गुमाएको नेतृत्वले हित कसरी गर्छ ? नेतृत्वप्रतिको भरोसा र विश्वासमै जब प्रश्नचिहृन लाग्छ भने राजनीतिका सारथि कति अविश्वसनीय छन् भन्ने विषयले नेतृत्व भरोसा शून्य भएको पुष्टि हुन्छ । नेतृत्व भरोसायोग्य भएको प्रमाणित गर्नुपर्नेले आफूलाई भरोसा शून्य पात्र किन बनाए ? यसको एउटामात्र कारण हो देश बनाउँछौं भन्नेहरू देश बनाउने अभियानबाट विषयान्तर भए । आफू र आफ्नाका लागि भ्रष्टाचार गर्ने गराउने अभियानमा मात्र केन्द्रिकृत भए ।
जनताले सधैं राजनीतिक नेतृत्व गर्नेहरूको मूल्यांकन र विश्लेषण गरेका हुन्छन् । जनताको विश्लेषण र मूल्यांकन नकारात्मक छ तर पनि विषयान्तर भएको राजनीति सुध्रनभन्दा बिग्रन अझै किन उद्यते छ ? राजनीतिक पद्धति बदलियो तर नेतृत्वको चरित्र, कार्यशैली बदलिएन । नेतृत्वलाई बदल्न नसकेर जनता वाक्क छन् यस्तो अवस्था किन आयो ? किन सिर्जना भयो राजनीतिज्ञप्रति अविश्वास ? भाषणमा वर्तमान प्रधानमन्त्री केपी ओलीले धेरै आदर्शका कुरा गर्नुहुन्छ । भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्नेको शासनकालमै भ्रष्टाचारको बिगबिगी किन ? उहाँ स्वयं लाञ्छनाको सिकार हुनुभएको छ । लाञ्छना बारे उट्पट्याङ शैलीको उत्तर होइन प्रक्रियागत छानविनको पर्खाइमा जनता छन् ।
शक्तिशाली नागरिक छानविन आयोगको छानविनपछि जेल जान तयार हुनुबाहेक भ्रष्टहरूसँग अर्को विकल्प छैन र हुनु पनि हुँदैन । जनताको चाहना फगत सुशासन र विकास हो । अझै सुशासनको गफ चुटेर जनता अल्मल्याउने खेती नगर । व्यक्ति बलवान् हुँदैन समय बलवान् हुन्छ ।
अहिलेसम्म कुनै पनि राजनीतिक भोटाहरूले जनताको विकासको लाज छोपेनन् । राजनीतिक परिवर्तनको लाभको हिस्सेदार जनता हुनुपर्ने हो । अहिले एकलौटी लाभ नेतृत्वले लिएको हुनाले सत्तारुढ पार्टीमात्रै होइन सबै पार्टीहरूको नेतृत्व बदनाम छ । नाजायज तरिकाले जम्मा गरेको सम्पत्तिको छानबिन र कायर्बाही हुनुपर्छ भन्ने जोडदार मागको सुनुवाइको लागि जनताले कहिलेसम्म पर्खने ? जनताको आवाज सधैं दबिँदैन । भ्रष्टाचारको छानविन गरौँ सबै नेताहरूले भन्छन् तर सरकारमा हुँदा कुनै पनि नेताले छानबिनको लागि शक्तिशाली आयोग बनाउने हिम्मत गर्दैनन् । किनकि छानबिन हुने बित्तिकै आफू दण्डित हुन्छु भन्ने त्रास सबैलाई छ । तसर्थ अर्काको छानविन गर्दैगर्दा अन्ततः आफ्नो छानविवन र कारबाही अवश्यम्भावी छ ।
संवैधानिक संरचनाभित्र अपराधीहरू दण्डमुक्त हुने र अपराधीहरू नै पालैपालो सत्ताको सुखभोग गरिरहने अवस्थाका कारण भ्रष्टहरू कारबाहीमा पर्छन् भन्ने विषयमा अब जनतामा विश्वास नै छैन तर पनि एउटा यस्तो दिन अवश्य आउनुपर्छ जहाँ भ्रष्टाचारको छानविन र कारबाही अपरिहार्य हुन्छ । राजनीतिक परिवर्तनबाट लाभान्वित को भयो ? यो विषय परिवर्तनभन्दा महŒवपूर्ण हुन्छ । परिवर्तन व्यवस्था परिवर्तनका लागि कि जनताको अवस्था परिवर्तनका लागि ?
व्यवस्था परिवर्तनको लक्ष्य जनताको अवस्था परिवर्तन गर्ने हो तर अहिलेसम्मका राजनीतिक परिवर्तनहरूले जनताको अवस्था परिवर्तनका लागि सिन्कोसम्म भाँचेनन् । जनताको अवस्था परिवर्तन गर्न असफल नेतृत्व र व्यवस्थाप्रति जनताको मोहभंग हुनु कुनै अस्वाभाविक मानिँदैन । भ्रष्टहरूलाई नेता मान्नुपर्ने बाध्यताबाट मुक्ति नै अहिलेको राजनीतिक निकास हो तर त्यसभन्दा अझ महत्वपूर्ण विषय भनेको शक्तिशाली नागरिक आयोगद्वारा भ्रष्टाचार छानबिनको काम तत्काल सुरुवात गर्ने र सबै भ्रष्टले कारबाही भोग्नुपर्ने वातावरणबिना यो भित्रभित्रै गुम्सिएको असन्तुष्टिले निकास पाउँदैन । अब नयाँ, कहिँ कतै कुनै काण्डमा नबिटुलिएका साथै यसअघि सरकारको जिम्मेवारी नलिएका इमानदार व्यक्तिहरूलाई सत्ता हस्तान्तरण उत्तम विकल्प हो ।
शक्तिशाली नागरिक छानविन आयोगको छानविनपछि जेल जान तयार हुनुबाहेक भ्रष्टहरूसँग अर्को विकल्प छैन र हुनु पनि हँुदैन । जनताको चाहना फगत सुशासन र विकास हो । अझै सुशासनको गफ चुटेर जनता अल्मल्याउने खेती नगर । व्यक्ति बलवान् हुँदैन समय बलवान् हुन्छ । त्यसको उदाहरण टाढा जानु पर्दैन हिजोका महाराजधिराज ज्ञानेन्द्र नै राम्रो उदाहरण हुन् । राणाहरू र शाहहरूको सम्पत्ति राष्ट्रियकरण हुँदा चप्पल लगाएर सिंहदरबार छिरेका अहिलेका भ्रष्टाचारका वादशाहहरूको भ्रष्टाचारबाट जम्मा गरेको अकुत सम्पत्ति राष्ट्रियकरण किन नहुने ? अब पालो तिमीहरूको हो अर्थात् भ्रष्टहरूको दुर्दिनको सुरुवात हो ।
राजनीति र भ्रष्टाचारसम्बन्धी सबै प्रश्नहरूको ठोसे जवाफ, उरन्ठेउलो उत्तर र फत्तुर प्रश्न र प्रतिप्रश्न, उखान टुक्कारूपी प्रहसन आदि प्रजातान्त्रिक नेतृत्वका दुर्गुण हुन् । प्रजातान्त्रिक नेतृत्वमा जुटाउने गुण हुनुपर्छ न कि फुटाउने र उछित्तो काढ्ने शैली र स्वभाव । राजनीतिले सत्य र तथ्यलाई अंगीकार गर्नुपर्छ । सुशासनको प्रत्याभूति गर्नुपर्छ र देश सबैखाले भ्रष्टाचार मुक्त भएको अनुभूति जनताले नगरीकन देशले राजनीतिक निकास किमार्थ पाउँदैन । राजनीतिक निकासविना न जनता खुशी हुन्छन् न देश समृद्ध हुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच