
सिन्धुपाल्चोक । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालमा केही भएन भनेर भ्रम फिँजाउनेहरु नेपाल बिरोधी वर्ग भएको बताउनुभएको छ ।
सोमवार सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा २०७८ असार १ गतेको बाढीले पुर्याएको क्षेत्रको स्थलगत अनुगमन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेपालमा केही पनि भएन भनेर नकारात्मक भाष्य फिँजाउन एउटा वर्ग नै लागेको उहाँको भनाइ छ । मन्त्री खड्काले देश आफैँले बनाउने भन्दै सकारात्मक सोचका साथ काम गर्नुपर्ने बताउनु भयो ।
नेपालमा केही पनि भएन भनेर नेपालको अर्थतन्त्र बिगार्न लागिपरेका तत्वहरुप्रति सजग रहन आग्रह समेत गर्नुभयो । उहाँले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले पुर्याएको क्षति नोक्शानीप्रति सरकार गम्भीर रहेको पनि बताउनु भयो । उहाँले २०७८ असार १ गतेको बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा पुर्याएको क्षतिको पुनर्निर्माणमा सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।
उहाँले इन्द्रावती गाउँपालिकास्थित भीमटारमा रहेको २२ वटा टारमा इन्द्रावती नदीको पानी ल्याएर सिंचाईका लागि विस्तृत परियोजना अघि बढाइएको जिकिर गर्नुभयो । उहाँले उक्त २२ वटा टारलाई सिंचाईको व्यवस्था मिलाएपछि सम्पूर्णको जिल्लाको लागि खाद्यान्नको लागि अन्त धाउनु नपर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सिन्धुपाल्चोकको कारणले काठमाडौंवासीले पानी पाएको भन्दै सरकारसँग दाबी गर्ने अधिकार समेत समेत धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “यहाँको समस्या हामीलाई अवगत भयो । बजेट बनाउने बेला भएको छ । सबैकुरा भनिहाल्न नहुनेछ । गोप्य राख्ने भनिएको छ । हुनेसम्म प्रयास गर्ने हो । यहाँको अवस्थालाई नजिकबाट हेरेका छौँ । डिपिआर शुरु गरौँ । क्रमागत रुपमा सिंचाईको सुविधा पुर्याऔँ । तटवन्धनको विषय छ । हामीले पानीको अधिकतम सदुपयोग गर्ने हो । अहिले कति ठाउँमा सम्झौता गरेका छौँ । सिंचाईका लागि नहर, कुलो खनेर लैजान्छौँ । ड्याम बनाएर हाइड्रोपावर पनि उत्पादन गर्छौं । सँगै खानेपानीका लागि पनि वितरण गर्छौं । काम प्रशस्त भइरहेका छन् । सकारात्मक सोचका साथ काम गरौँ । भएन भएन भन्ने भाष्य तयार गरिएको छ । भएको कुरा नदेख्ने र केही भएन भनेर एउटा वर्ग नै लागेको छ । यो नेपाल बिरोधी वर्ग हो । त्यस्तो वर्गलाई पनि सचेत गराउनु पर्छ । हामीले नबनाए कसले बनाउँछ, हामीले नगरे कसले गर्दछ ? हाम्रो माटो, हाम्रो भूमि हामीले निर्माण गर्ने हो । भएन भन्ने भाष्य निर्माण गरेर नेपालको अर्थतन्त्र बिगार्न लागिरहेका तत्वप्रति सजग रहन आग्रह गर्दछु ।”
उहाँले प्राकृतिक प्रकोपको जोखिमहरू भइरहने हुनाले खोला किनारमा अझै पनि ध्यान दिनुपर्ने जिकिर गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच