
काठमाडौं । यतिबेला लुम्बिनी प्रदेशसभाकी जनमत पार्टीकी सांसद गीता गुरूङले सांसद पदबाट राजीनामा दिएको विषयमा चर्चामा छ ।
उहाँले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको र जनताको करबाट तलब नखाने राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ । प्रदेशसभा सदस्य गुरुङले सभामुखलाई पठाएको पत्रमा जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त नभएको कुरा उल्लेख छ ।
‘जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन । तसर्थ, आजै मितिबाट पदमुक्त हुन राजीनामा पेश गर्दछु,’– उहाँले लेखेको पत्रमा भनिएको छ । तर गुरुङले काम गर्न नसकेर होइन देशै छोडेर विदेश पलाएन भएको खुलेको छ ।
उहाँ दुई महिनाअघि नै सदाका लागि बेलायत पलायन भएको खुलेको हो । उहाँले उतैबाट राजीनामा पठाएको पाइएको छ ।
त्यस्तै, उहाँका श्रीमान कैलाश गुरुङ केही समयअघि मात्रै जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेकोसमेत खुलेको छ ।
राजनीतिमा आउनुअघि पनि उहाँ छोराछोरीसहित बेलायत बस्दै आउनु भएको थियो । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं ८ की स्थायीबासी उहाँ जनमतका लुम्बिनी प्रदेश सभामा तीनमध्ये एक सांसद हुनु हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच