काठमाडौं । यतिबेला लुम्बिनी प्रदेशसभाकी जनमत पार्टीकी सांसद गीता गुरूङले सांसद पदबाट राजीनामा दिएको विषयमा चर्चामा छ ।
उहाँले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको र जनताको करबाट तलब नखाने राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ । प्रदेशसभा सदस्य गुरुङले सभामुखलाई पठाएको पत्रमा जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त नभएको कुरा उल्लेख छ ।
‘जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन । तसर्थ, आजै मितिबाट पदमुक्त हुन राजीनामा पेश गर्दछु,’– उहाँले लेखेको पत्रमा भनिएको छ । तर गुरुङले काम गर्न नसकेर होइन देशै छोडेर विदेश पलाएन भएको खुलेको छ ।
उहाँ दुई महिनाअघि नै सदाका लागि बेलायत पलायन भएको खुलेको हो । उहाँले उतैबाट राजीनामा पठाएको पाइएको छ ।
त्यस्तै, उहाँका श्रीमान कैलाश गुरुङ केही समयअघि मात्रै जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेकोसमेत खुलेको छ ।
राजनीतिमा आउनुअघि पनि उहाँ छोराछोरीसहित बेलायत बस्दै आउनु भएको थियो । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं ८ की स्थायीबासी उहाँ जनमतका लुम्बिनी प्रदेश सभामा तीनमध्ये एक सांसद हुनु हो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र