
काठमाडौं । योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेलविरुद्ध सर्वोच्चमा रिट निवेदन परेको छ ।
नेपाल राष्ट्र बैंकको ऐनविपरीत राजनीतिक दलका सदस्यलाई गभर्नर नियुक्त गर्न लागिएको भन्दै उहाँविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको हो ।
अभिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले रिट पेश गर्नुभएको हो ।
पौडेलविरद्धको रिट सर्वोच्चमा पेस भए पनि दर्ता भइनसकेको सर्वोच्च प्रशासनले जनाएको छ । रिटमा राजनीतिक दलबाट सिधै गभर्नर नियुक्ति गर्दा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल हुने दाबी गरिएको छ ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २१ (क) मा राजनीतिक दलको सदस्य गभर्नरमा नियुक्त हुन नसक्ने व्यवस्था छ । ऐनविपरीत गएर पौडेललाई नियुक्त गर्न लागिएकाले नियुक्ति रोक्नुपर्ने रिटकर्ताको माग छ ।
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति जुटेको चर्चा छ ।
पौडेलले केही दिन अघि गभर्नर सिफारिस समितिको सदस्यबाट राजीनामा दिनुभएको थियो ।
पौडेल कांग्रेसकाे क्रियाशील सदस्य रहेको चर्चा छ । गत संसदीय चुनावमा उहाँ चितवन १ बाट कांग्रेसबाट उम्मेदवारी दिएर रास्वपाका हरि ढकालसँग पराजित हुनुभएको थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच