
काठमाडौं । बुद्ध जयन्तीको अवसर पारेर चलचित्र ‘तुलसीराम’ निर्माण घोषणा गरिएको छ । चलचित्र आगामी जेठको अन्तिम साताबाट छायांकनमा जाने निर्माण पक्षले जानकारी दिएको छ । चलचित्रको छायांकन काठमाडौं, चित्लाङ र हेटौंडाको विभिन्न ठाउँमा हुनेछ ।
एलआरआरको व्यानरबाट निर्माण हुन् लागेको चलचित्रको कथाकार, निर्देशक तथा निर्माता बाबुसाहेब बलामी हुनुहुन्छ । चलचित्रको लेखक शंकर अधिकारी घायल हुनुहुन्छ । चलचित्रको कार्यकारी निर्माता तथा द्वन्द निर्देशक देव महर्जनको रहने छ भने चलचित्रमा विकास चौधरी र शंकर कृष्ण घायलको संगीत रहनेछ । निर्देशक बलामीले पारिवारिक कथामा चलचित्र निर्माण हुने बताउनुभयो । ‘चलचित्रले तुलसी र रामको कथालाई विशेष प्राथमिकता दिनेछ’, उहाँले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच