काठमाडौं । कोशी प्रदेश सामाजिक विकाश मन्त्रालयका सचिव हेमराज तामाङको शब्द रचनामा रहेको गीत ‘तिमी मेरो प्राण हौ’ सार्वजनिक गरिएको छ । रञ्जन राई तथा अनु चौधरीको स्वर र सौगातजंग थापाको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
आयुश शाहीको निर्देशन रहेको गीतको भिडियोमा अभिनेता मोडल सनम कठायत र पुनम श्रेष्ठको अभिनय छ । यी दुईको प्रेमभावलाई भिडियोमा समेटिएको छ । कोशी प्रदेशका इलाम तथा अर्जुनधारा नगरपालिका झापा आसपासका सुन्दर पर्यटकीयस्थानमा यो गीतको भिडियोलाई छायांकन गरिएको हो । जसमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन छ ।
गीतको भिडियोलाई एभरेष्ट ग्यालरीले टिमले निर्माण गरेको छ । भिडियोलाई गीतकार हेमराज तामाङको अफिसियल युट्युबमार्फत सार्वजनिक गरिएको हो ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि