
काठमाडौं । कोशी प्रदेश सामाजिक विकाश मन्त्रालयका सचिव हेमराज तामाङको शब्द रचनामा रहेको गीत ‘तिमी मेरो प्राण हौ’ सार्वजनिक गरिएको छ । रञ्जन राई तथा अनु चौधरीको स्वर र सौगातजंग थापाको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
आयुश शाहीको निर्देशन रहेको गीतको भिडियोमा अभिनेता मोडल सनम कठायत र पुनम श्रेष्ठको अभिनय छ । यी दुईको प्रेमभावलाई भिडियोमा समेटिएको छ । कोशी प्रदेशका इलाम तथा अर्जुनधारा नगरपालिका झापा आसपासका सुन्दर पर्यटकीयस्थानमा यो गीतको भिडियोलाई छायांकन गरिएको हो । जसमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन छ ।
गीतको भिडियोलाई एभरेष्ट ग्यालरीले टिमले निर्माण गरेको छ । भिडियोलाई गीतकार हेमराज तामाङको अफिसियल युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच