
काठमाडौं । काठमाडौं जिल्ला अदालतले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौँका श्रेष्तेदार तीर्थराज भट्टराईका अनुसार मिश्रलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
गत चैत १५ गते पक्राउ परेका मिश्रसहितका आरोपितलाई आठौँपटक म्याद थपका लागि आज अदालत लगिएको थियो । राजावादीले गत चैत १५ गते काठमाडौँको तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक भएपछि त्यसमा भूमिका खेलेको आरोपमा मिश्रलगायतमाथि प्रहरीले विभिन्न अभियोगमा अनुसन्धान गरिरहेको छ ।
मिश्र तिनकुने घट्ना भएकै दिन चैत्र १५ गते राति पक्राउ परेका थिए । प्रसाईं भने पछि भारतबाट पक्राउ परेका हुन् ।
यसैबीच मिश्रको तर्फबाट बन्दीप्रत्यक्षीकरणको रिट दायर गरिएको छ ।
मंगलबार नेपाल सरकार गृहमन्त्रालयलाई विपक्षी बनाउँदै सर्वोच्च अदालतमा मिश्रको तर्फबाट सारिका कार्कीले बन्दीप्रत्यक्षीकरणको रिट दायर गर्नुभएको हो । वैशाख ३१ गते बुधबार पेशी तारेखमा अदालतमा हाजिर हुन भनिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच