
काठमाडौं । आगामी जेठ २ गतेदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘हेल्लो काँशीराम’ को नयाँ गीत ‘खैजेडीको घेरो’ सार्वजनिक गरिएको छ । लोक भावनामा आधारित गीतमा राजु परियारको स्वर सुन्न सकिन्छ । गीतमा संगीत संयोजन विपिन आचार्यको छ । आरआर फिल्मस् वितरण रहेको यो चलचित्रमा दिलीप रायमाझी, प्रियंका कार्की, नवज्योति रसाइली, उमेश राई, अर्जुन गुरुङ, लक्ष्मी भुसाललगायत कलाकारको अभिनय छ ।
यम आलेमगरको छायांकन रहेको चलचित्रमा मित्र डी.गुरुङको सम्पादन छ । कविराज गहतराजको नृत्य र शंकर महर्जनको द्वन्द्व रहेको चलचित्र पी.बी.थापाको लगानीमा निर्माण भएको हो । चलचित्रका लेखक तथा निर्देशक रिम विश्वकर्मा हुनुहुन्छ । शान्ता ढकाल सहनिर्माता रहेको चलचित्र रेडलाइन्स फिल्म प्रालिको व्यानरमा निर्माण भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच