
काठमाडौं । तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२ सम्पन्न भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठामा सम्पन्न कार्यक्रममा पाँच दशकभन्दा लामो समयदेखि गीत लेखन क्षेत्रमा योगदान पुर्याएबापत गीतकार राजेन्द्र थापालाई २५ हजार रुपैयाँसहित संगीत दीर्घसाधना सम्मानबाट सम्मानित गरिएको थियो । त्यसैगरी पत्रकार विदुर गिरीलाई तीन दशकभन्दा लामो समयदेखि कला पत्रकारिता क्षेत्रमा योगदान पुर्याएबापत १५ हजार ५५५ रुपैयाँसहित रजत संगीत पत्रकारिता संम्मानबाट सम्मानित गरिएको थियो । कार्यक्रममा सञ्चारकर्मी सविता पोखरेलाई ११ हजार १११ रुपैयाँसहित दशक पत्रकारिता सम्मानबाट सम्मानित गरिएको थियो । नेपालकी प्रथम महिला मुख्य मन्त्री एवं कार्यक्रमकी प्रमुख अतिथि अष्टलक्ष्मी शाक्य, सांस्कृतिक अध्ययन अनुसन्धान प्रतिष्ठानका अध्यक्ष एवं लोकगायक बमबहादुर कार्कीलगायतले दोसल्ला र प्रमाणपत्रका साथमा सम्मान गर्नुभएको थियो ।
लोक र आधुनिक संगीत तथा भिडियोतर्फ २० विधामा ३५ जनालाई अवार्ड प्रदान गरिएको समारोहमा आधुनिक गीततर्फ ‘निर्लज’ बोलको गीतबाट शिव परियारले सर्वोत्कृष्ट गायकको अवार्ड प्राप्त गर्नुभयो भने सोही गीतबाट राखी गौचनले शब्द र शंकर थापा स्माइलले संगीतकारको अवार्ड हात पार्नुभयो । त्यस्तै, ‘ओइ माया ओइ’बाट अनामिका चैलागाईंले गायिकाको अवार्ड प्राप्त गर्दा श्रीदेब भट्टराईले पुरुष मोडल र रोशनी कार्कीले ‘चोटैचोटको जिन्दगी’बाट महिला मोडलको अवार्ड पाउनुभयो ।
शिव नृत्यबाट आरम्भ गरिएको कार्यक्रममा ‘केही गर्नु छ देशका लागि’बाट श्रीकान्त राना क्षेत्री राष्ट्रिय भावको गीत, लोक दोहोरीतर्फ ‘न काली न गोरी’बाट बालचन्द्र बरालले गायक, ‘एकलाई शून्य दश’बाट सुनिता बुढा क्षेत्रीले गायिका, ‘पिर परेर आको बेलामा’बाट कृष्ण सुवेदीले शब्द सिर्जना, ‘कठोर मान्छे’बाट प्रेम सापकोटा सोनुले लय सिर्जना, ‘निरिमायाको’बाट विमल अधिकारी र ‘चरी बासैमा’बाट स्मारिका ढकालले मोडलको अवार्ड पाउनुभयो । त्यसैगरी ‘रानी वनमा फूल’बाट राजन सुवेदीले नव गायक, ‘माया साह्रै छ’बाट वर्खा पौडेलले नवगायिका, ‘ए सैया’बाट कृष्ण लामिछानेले संगीत संयोजन र ‘घुमौं रामेछाप’बाट राजाराम सिंखडाले कोरियोग्राफरको अवार्ड पाउनुभयो भने गायक सुशील ज्ञवाली, शंकर क्षेत्री, उत्तम भण्डारी, दीपक ओली, दीपक कँडेल, यामप्रसाद निउरे, तुलसा क्षेत्री, सञ्जय देवकोटा, पेम्वा लामा शेर्पा, उमेश ठगुन्ना, जगत घर्तीमगर, सिर्जन पुन, सन्दीप सेञ्चुरीलगायतले विभिन्न विधाबाट जुरी, पब्लिक च्वाईस र इन्करेजमेन्ट अवार्ड प्राप्त गर्नुभयो ।
कार्यक्रममा पर्फमर दुर्गेश थापालाई वर्षभरि सबैभन्दा धेरै मेला महोत्सव र युट्युबमा हेरिएको र सुनिएकाले गोल्डेन माइक अफ द इएर संगीत सम्मान, अम्बिका गुरुङलाई गोल्डेन पेन अफ द इयर संगीत सम्मान, खेम सेञ्चुरीलाई म्युजिक अफ द इयर, शीतल कादम्बिनीलाई साहित्य संगीत सम्मान, कादम्बरी दाना श्रेष्ठलाई गीतकार तथा सामाजिक व्याक्तित्व सम्मान, निता आचार्यलाई डायस्पोरा संगीत संम्मान, च्याङ्वा लामालाई फोटोग्राफर संम्मान, लक्ष्मी नेपाली र सन्जु न्यौपानेलाई युवा संगीत प्रतिभा, गायकहरू सविन चौहान, दुर्गा विरही, रिजन पुलामीमगर, रामचन्द्र ढकाललगायतलाई विशेष सम्मानबाट सम्मानित गरिएको थियो ।
समारोहमा प्रमूख अतिथि शाक्यले यस्ता कार्यक्रमले कला र पत्रकारिता क्षेत्रमा क्रियाशील व्यक्तित्व तथा प्रतिभालाई प्रोत्साहन मिल्नुका साथै गीतसंगीतको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच