
म्याग्दी । गण्डकी प्रदेशमा नै पहिलो पटक म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको गौश्वारामा सञ्चालित गोवर्धन महायज्ञको आज (मंगलबार) समापन गरिएको छ ।
मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको सत्संकल्प र नेतृत्वमा यही वैशाख १५ देखि सुुरु भएको महायज्ञ ३० गते आज (मंगलबार) यज्ञस्थलमा गोधामको र गोवद्र्धनको ३८ फिट अग्लो मुर्तिको शिलान्यस तथा सदरमुकाम बेनीबजारमा फूलप्रसाद वितरण गरि समापन गरिएको हो । सोही स्थानमा आठ फिट अग्लो शङ्खको मुर्ति पनि स्थापना गरिने महायज्ञ मुल आयोजक समितिका आर्थिक सयोजक एवम् वडा नं २ का पूर्व वडा अध्यक्ष हिराबहादुर थापाले जानकारी दिनुभयो ।
गोधाम,गोवद्र्धनको मुर्ति,शङ्को मुर्ति राख्ने ठाउँको शिलान्यास,आर्युवेदिक चिकित्सालयका लागि जडिबुटी केन्द्र,योग साधना र सनातन संस्कृतिको संरक्षणका लागि आवश्यक संरचना निर्मांण गर्न सामुहिक संकल्प गरी आजैबाट काम सुरु गरिएको पूर्व वडाअध्यक्ष थापाले बताउनुभयो । महायज्ञबाट करिव रु एक करोड संकलन भएको र अपुगरकम विभिन्न स्रोतहरुबाट जुटाइ संकल्प गरिएका पूर्वाधारहरुको निर्माण गरिने महायज्ञ आयोजक समितिले जनाएको छ ।
पूर्वाधान निर्माणका लागि बेनी नगरपालिकाले रु १० लाख र वडा नं २ ज्यामरुककोटले रु पाँच लाख बजेट विनियोजन गर्ने घोषणा गरेका छन् ।
महायज्ञमा दान दिइएको जग्गामा आयुवेर्दिक चिकित्सालयका लागि जुडीबुटी केन्द्र, स्थानीय गाईको प्रर्वधनका लागि गौशला, पर्यटन प्रवर्धन, योग, साधना तथा सनातन संस्कृतिको संरक्षण तथा विभिन्न धार्मिक तथा पर्यटकीय पूर्वाधारहरु निर्माण गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको आयोजक समितिका सदस्य दीर्घ रिजालले जानकारी दिनुभयो ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यज्ञस्थलमा नै गएर प्रदेश सरकारले पनि यहाँ निर्माण हुन लागेका पूर्वाधारहरु निर्माणका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
उहाँले गण्डकी प्रदेशमा धार्मिक पर्यटनको प्रशस्तै सम्भावना रहेको बताउँदै यस क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रचारप्रसार गरी आवश्यक संरचना निर्माण गर्न प्रदेश सरकार सधैं तयार रहेको प्रतिवद्धता जनाउनुभएको छ ।
समुद्री सतहदेखि करिब दुई हजार उचाइमा रहेको गौश्वारा पर्यटकीय सम्भावना रहेको उत्कृष्ट स्थल हो । यहाँ प्राकृतिक सुन्दरता र जैविक विविधताका प्रशस्तै सम्भावना र स्रोतहरु रहेका भए पनि प्रचारप्रसार र आवश्यक लगानीको अभावमा यो स्थल ओझेलमा परेको बेनी नगरपालिका २ का वडासदस्य समेत रहनुभएका स्थानीय चन्द्रकान्त रिजालले जानकारी दिनुभयो । महायज्ञका प्रमुख वाचक आचार्य सुदर्शन बडालले कथावाचन गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच