
ओखलढुंगा । ओखलढुंगा जिल्लाको एकमात्र नगरपालिका सिद्धिचरण नगरपालिकाको आयोजनामा प्रथम खुल्ला फुटबल प्रतियोगिता शुरु भएको छ । जेठ ३ गतेसम्म सन्चालन हुने प्रतियोगिता मंगलबारबाट शुरु भएको हो ।
प्रतियोगिताको लागि १० टिम दर्ता भएको आयोजकले जानकारी दिएको छ । खिस्तो युवा समाज मोलुङ २ र जिल्ला प्रहरी कार्यालय ओखलढुंगा बिच उद्घाटन खेल भएको थियो । उक्त उद्घाटन खेलमा खिस्तो युवा समाजले जिल्ला प्रहरी कार्यालयलाई ३/२ ले हराएको छ ।
नगरप्रमुख तेजेन्द्र खनालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथी पूर्वमन्त्री एवं कोशी प्रदेश सभा सदस्य प्रदिप सुनुवार, विशिष्ट अतिथी जिल्ला समन्वय समितिका प्रमुख टेकराज भट्टराई वडाअध्यक्षहरु, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
नगर उपप्रमुख केदारबाबु बस्नेतले स्वागत गर्नुभएको कार्यक्रममा विशिष्ट अतिथी, प्रमुख अतिथी र कार्यक्रमका अध्यक्षले शुभकामना मन्तब्य राख्नु भएको थियो । तीनैजना अतिथीहरुले खेलकै माध्यामबाट ब्राजील, पोर्चुगल, अजेन्टीना लगायतका देशहरुको अर्थतन्त्रमा विकास भएको भन्दै नेपालमा पनि खेलक्षेत्रबाट पनि अर्थतन्त्रको विकास गर्न सकिने बताएका थिए ।
खेलमा प्रथम द्वितिय हुनेहरुलाई क्रमश रु २ लाख २२ हजार २ सय २२ र १ लाख ११ हजार १ सय ११ नगद पुरुस्कार सहित ट्रफी , मेडल र प्रमाणपत्र वितरण गरिने छ । त्यसै गरी सेमी फाइनलिस्ट दुइ टिमलाई ४४ हजार ४ सय ४४ का दरले नगद पुरुस्कार सहित ट्रफी , मेडल र प्रमाणपत्र वितरण गरिने छ । उत्कृष्ट खेलाडी १ जना, उत्कृष्ट गोलकिपर १ जना, उत्कृष्ट मिडफिल्डर १ जना, उत्कृष्ट गोल स्कोरर १ जना लाई नगद रु ५ हजार सहित ट्रफी , मेडल र प्रमाणपत्र वितरण गरिने आयोजक सिद्धिचरण नगरपालिकाले जानकारी दिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच