हेटौंडा। हेटौंडा उपमहानगरपालिका–१४ स्थित मयुरधापमा रहेको अनाथ, अपांग बाल पुनर्स्थापना केन्द्रमा आश्रय लिइरहेकी विनिता लगभग १८ वर्षकी भइन् । बौद्धिक अपांग उनी बोल्न सक्दिनन् । १८ वर्ष पुगिसक्दा पनि उनको जन्मदर्ता बनेको छैन । हालसम्म पनि जन्मदर्ता नबन्दा उनी सरकारी सेवासुबिधाबाट बञ्चित रहँदै आएकी छन् ।
उनी आफ्नो शरीर टोकेर शरीरभरि घाउ नै घाउ बनाएकी छन् । शरीरमा टोकेर र चिमोटेर घाउ बनाएकी उनलाई केही थाहा छैन । उनी घाँसपात र ढुंगामाटो जे अगाडि देख्छिन्, त्यही खान्छिन् । जन्मदर्ता नभएका कारण उनको पहिचानसमेत खुल्न सकेको छैन । उनीजस्तै बौद्धिक अपांगता भएका १६ वर्षीय किशोर र १७ वर्षीया किशोरी पनि आश्रममा छन् । उनीहरु बौद्धिक अपांगता भएकै कारण पढ्नबाट बञ्चित भएका हुन् ।
आश्रम सञ्चालक रामहरि कोइरालाका अनुसार उनलाई चार वर्षअगाडि जिल्ला प्रहरी कार्यालयबाट आश्रमसम्म लगिएको र पारिवारिक पहिचानसमेत खुल्न सकेको छैन । कुनै पहिचान नखुलेका कारण उनको जन्मदर्ता बनाउन पहल गर्दा पनि असफल भएको उहाँको भनाइ छ । उनका अनुसार आश्रममा १९ जनाले आश्रय लिइरहेका छन् । १९ जनामध्ये १० बालबालिका त जाजरकोटका छन् । आश्रय लिरहेका बालबालिकालाई खाना खुवाउन धौधौ पर्ने गरेको उहाँ सुनाउनु हुन्छ । बिरामी हुँदा जडिबुटीमार्फत् निको बनाउने गरेको बताउनुहुन्छ उहाँ । बालबालिकालाई अस्पताल लैजाने नगरेको उहाँ सुनाउनुहुन्छ ।
जसमध्ये ३ जना बौद्धिक अपांगता भएकाहरु शिक्षाबाट बञ्चित छन् । उनीहरुले आश्रमको आयस्रोत न्यून भएका कारण उपचार पनि पाइरहेका छैनन् । जाजरकोटमा धेरैजसो बालबालिका बिरामी हुँदा उपचार नपाएकै कारण धेरैजसोको मृत्यु हुने गरेको छ । परिवारको अभावमा पनि बालबालिकालाई हेरचाह र संरक्षण गर्ने वैकल्पिक माध्यमका रुपमा बालगृहलाई लिइन्छ । बेवारिस, अभिभावकविहीन, असहाय र अनाथ बालबालिकालाई खाना, सुरक्षा, पालनपोषण, शिक्षासहित आश्रय प्रदान गरिरहेको बालगृहहरुमा आश्रित बालबालिकाको जन्मदर्ता नहुँदा समस्या भएको छ । बौद्धिक अपांगता भएका उनीजस्ता अरु पनि छन्, जो शिक्षाबाट बञ्चित भएका छन् । आश्रम २०६३ सालमा स्थापना भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच