
काठमाडौं । ‘तक्मे बुढा’ को नामले अत्यधिक रुचाइएका अभिनेता तथा हास्य कलाकार विल्सन विक्रम राई बहुआयामिक डिजिटल सेवा प्रदायक कम्पनी ‘तोक्मा टेक्नोलोजीज’का ब्राण्ड एम्बासडरमा नियुक्त हुनुभएको छ । कम्पनीले सोमबार काठमाडौंमा एक समारोहबीच अभिनेता राईलाई आफ्नो ‘ब्राण्ड फेस’को रूपमा सार्वजनिक गरेको हो ।
कार्यक्रम नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक कुलमान घिसिङको प्रमुख आतिथ्यमा भएको थियो । तोक्माले नेपालको डिजिटल सेवा क्षेत्रमा क्रान्ति ल्याउने उद्देश्यसहित राइड-शेयरिङ, केयरगिभिङ, पर्यटन र सुरक्षासम्बन्धी सेवा एकै एपमार्फत प्रदान गर्दछ । साथै, तोक्मा टेक्लोनिजले डिजिटल बिजनेस कार्ड ‘जी कार्ड’ पनि सार्वजनिक गरेको छ ।
तोक्मा एपले राइड-शेयरिङसहित घर हेरचाह सेवा, पर्यटक गाइड बुकिङ तथा निजी सुरक्षाकर्मी भाडामा लिने सुविधासमेत उपलब्ध गराउनेछ । कम्पनीको उद्देश्य स्थानीय सेवा प्रदायकहरूलाई सशक्त बनाउँदै प्रयोगकर्ताहरूलाई भरपर्दो र सहज सेवा प्रदान गर्नु रहेको सिइओ सागर आङदेम्बेले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच