काठमाडौं । नेपालका अक्षतराज पौडेलले सबैभन्दा कम उमेरमा मादल बजाउने कीर्तिमानन कायम गर्नुभएको छ । एशिया बुक अफ रेकर्डसका अनुसार मोरङ स्थायी घर हुनुभएका पौडेलले तीन वर्षको उमेरमा तीन मिनेट छ सेकेण्डसम्म मादल बजाई कीर्तिमान बनाउनुभएको हो ।
पौडेलले नेपालको सदावहार ‘लेकाली हो चोया को डोको.....’ बोलको लोकगीतमा हार्मोनियमसँग लय मिलाउँदै मादल बजाउनुभएको थियो । यसैलाई आधारमा मानेर एशिया बुक अफ रेकर्डसले उहाँको नाममा कीर्तिमान कायम भएको प्रमाणित गरेको हो । बालक पौडेलसँग अन्य प्रायः सबै गीतको लयमासमेत मादल बजाउन सक्ने क्षमता रहेको छ ।
पौडेलको जन्म सन् २०२२ मार्च २५ मा भएको थियो । अक्षतका बुबा अनिल तथा आमा इन्दिराले छोराको कीर्तिमानबाट आफूहरू मात्र नभएर मुलुक नै गौरवान्वित भएको महसुस भएको बताउनुभयो । पौडेल परिवार हाल काठमाडौंको कागेश्वरी मनहरामा बस्दै आएको छ ।







ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र
काठमाडौंमा ठूलो परिमाणमा नक्कली दूध