ललितपुर । हिमालयन आर्ट काउन्सिलले ललितपुरमा परम्परागत कला प्रदर्शनी र राष्ट्रिय कला संरक्षण प्लेटफर्म आयोजना गर्ने भएको छ । बिहीबारदेखि पाटन संग्रहालयमा थाङ्का पौवा कला प्रदर्शनी हुने भएको हो । सो अवसरमा नेपालका ५० भन्दा बढी सम्मानित कलाकारहरूका मौलिक कृतिहरू प्रस्तुत गरिने प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकार, संग्राहक, प्रविधिविद् तथा सांस्कृतिक अभियन्ताहरूको सहभागिता रहने आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
शनिबारसम्म सञ्चालन हुने प्रदर्शनीबाट वैश्विक पहुँच र संवादको विस्तार, नेपालका नामी कलाकारदेखि नयाँ पुस्तासम्मका सर्जकहरूका कृति एकै स्थानमा हेर्न पाइने दुर्लभ अवसरका साथै शास्त्रीय शैली र आधुनिक दृष्टिकोणको संयोजनमार्फत् नेपाली कलाको विकास र निरन्तरताको कथा उजागर हुने आयोजकले जनाएको छ ।
प्रदर्शनीमा कलाकारहरूसँग प्रत्यक्ष अन्तरक्रिया, कथा भन्ने, चित्र कोर्ने र परम्परा बोक्ने व्यक्तित्वहरूसँग प्रत्यक्ष संवाद गर्ने मौका प्राप्त हुनेछ भने नयाँ डिजिटल प्लेटफर्ममार्फत् नेपाली कलाको भविष्य सुरक्षित गर्ने यात्रा सुरु हुनेछ । हिमालयन आर्ट काउन्सिलले सुरु गर्न लागेको नयाँ डिजिटल प्लेटफर्म नेपाली कला संरक्षणको दिशामा एक ऐतिहासिक प्रयास भएको बताइएको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर